कोलकाता, 17 नोभेम्बर (हि.स.)। भारत मौसम विज्ञान विभाग (आईएमडी) ले बंगालको खाड़ीमा बनेको गहिरो दबावको क्षेत्र शुक्रवार अर्थात् आजसम्म चक्रवाती तूफानको रूपमा लिनसक्ने बताएको छ। यद्यपि, यो पश्चिम बंगालको तटीय क्षेत्रसित ठोकिनेछैन तर बांग्लादेश तटलाई नाघ्नसक्छ। अहिले यसको प्रभावले पश्चिम बंगालको राजधानी कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना तथा पूर्व र पश्चिम मेदिनीपुरमा पानी पर्ने क्रम शनिवार रातिसम्म जारी रहनेछ।
आईएमडीले एउटा बुलेटिनमा भन्यो, बिहिवार राति दबाव भएको क्षेत्र बलियो भएर 17 किमी प्रति घण्टाको रफ्तारले उत्तर-उत्तरपूर्व दिशामा बढ़िरहेछ। यो आन्ध्रप्रदेशको विशाखातपत्तनमको पूर्व- दक्षिणपूर्वमा लगभग 390 किलोमीटर तथा ओडिशामा पारादीपको दक्षिण-दक्षिणपूर्वमा 320 किलोमीटरको दूरीमा थियो। आईएमडीले आफ्नो बुलेटिनमा भन्यो, यस तन्त्रले उत्तर-उत्तरपूर्व दिशातिर बढ्दा एवं आगामी 24 घण्टामा बलियो भएर चक्रवाती तूफानको रूप लिने एवं शनिवार बिहानै मोङ्गला एवं खेपूपाराबीच बांग्लादेश तटलाई नाघ्ने आशंका छ। हावाको रफ्तार 55-65 किलोमीटर प्रति घण्टादेखि 75 किलोमीटर प्रति घण्टासम्म पुग्नसक्छ।
मछुआराहरूलाई 18 नोभेम्बरसम्म गहिरो समुद्रामा नजाने सुझाउ दिइएको छ किनभने यस अवधि त्यहाँ चक्रवातको कारण भारी नोकसान हुनसक्छ। पश्चिम बंगालमा बिहिवार बिहानैदेखि पानी पर्ने क्रम शुरू भएको छ, जुन शनिवार रातिसम्म जारी रहनेछ।
हिन्दुस्थान समाचार/भवानी
