मुम्बई, 04 दिसम्बर (हि.स.)। रणबीर कपूरको ‘एनिमल’ ले बक्स अफिसमा धेरै नै राम्रो प्रदर्शन गरिरहेछ। फिल्म हेर्न दर्शकहरूको सिनेमाघरहरू बाहिर लाइन लागिरहेछ। रिलीज भएको पहिलो दिन विश्वभरिमा फिल्मले 100 करोड़को आंकड़ा नाघ्यो र दोस्रो दिन 200 करोड़को आंकड़ा नाघ्यो। यसपछि तेस्रो दिनको आंकड़ा अघि आएको छ।
‘एनिमल’ रणबीर कपूरको करियरको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ। फिल्मले पहिलो दिन 54.75 करोड़को कारोबार गऱ्यो। दोस्रो दिन अर्थात् शनिवार फिल्मको कलेक्शन बढ्यो। दोस्रो दिन फिल्मले 58.37 करोड़ रूपियाँको कलेक्शन गऱ्यो। यसपछि तेस्रो दिनको ओपनिङको आंकड़ा अघि आएको छ, जस अनसार, ‘एनिमल’ ले आइतवार सबै भाषाहरूमा 72.50 करोड़को कलेक्शन गरेको छ। यसमध्ये 64.80 करोड़ रूपियाँरको कमाई हिन्दी भाषामा भएको छ।
‘एनिमल’ ले एक्लो भारतमा 202.57 करोड़ रूपियाँको कलेक्शन गरेको छ। फिल्मको तेस्रो दिनको वर्ल्डवाइड कलेक्शन 356 करोड़ छ। तीन दिनमा फिल्मको कूल कलेक्शनलाई ध्यानमा राखेर फिल्मले यस हप्ता लगभग 500 करोड़को आंकड़ा छुनसक्छ। फिल्मले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइऱहेछ। संदीप वाङ्गा रेड्डीद्वारा निर्देशित यो फिल्म रणबीर कूपरको करियारको सबैभन्दा ठूलो फिल्म हो।
फिल्ममा रणबीर कपूरको साथ अनिल कपूर, रश्मिका मन्दाना, बोबी देओल, तृप्ति डिमरी अहम भूमिकामा छन्। यो फिल्म बाबू-छोराको अनौठो सम्बन्धको कथा हो। फिल्ममा अत्यधिक हिंसा र रक्तपात देखाइएको छ।
हिन्दुस्थान समाचार/भवानी
