दार्जीलिङ, 21 अक्टोबर (हि.स.)। दार्जीलिङ पार्वतीय क्षेत्र र सिक्किममा पयर्टकहरूको ध्यान आकर्षण कसरी गर्न सकिन्छ साथै पर्यटन उद्योगलाई दह्रिलो बनाउने पहलको मागमा जीटीएको सभासद एवं हाम्रो पार्टीको केन्द्रिय अध्यक्ष अजय एडवाडर्सले केन्द्रिय पयर्टन मन्त्री जी किशन रेड्डीलाई पत्राचार गरेका छन्। उक्त पत्रको प्रतिलिपि पयर्टन विभाग, पश्चिम बंगाल राज्यका पयर्टन सचिव, पश्चिम बंगाल राज्यका पयर्टन विभाग निर्देशक एवं पयर्टन विकास करपोरेशन लिमिटेड, जीटीएका पयर्टन विभाग निर्देशक आदिलाई प्रेषित गरिएको छ।
सभासद अजय एडवार्डले आफ्नो पत्रमा टिस्टा बाढीपछि पश्चिम बंगाल राज्यको दार्जीलिङ पार्वतीय क्षेत्र र सिक्किम राज्यको पर्यटक उद्योगमा धेरै प्रभाव परेको बताएका छन्। त्यसकारण यस विषयमाथि पयर्टन मन्त्रालय लगायत विभागको पक्षबाट उचित पहल गर्न अति नै अनिवार्य रहेको उनले बताएका छन्।
उनले गत केही दिनअघि सिक्किम राज्य लगायत दार्जीलिङ, कालेबुङका विभिन्न क्षेत्रमा बाढीको कारणले क्षति पुऱ्याएको तथा सिक्किम दार्जीलिङ, कालेबुङलाई जोड्ने राष्ट्रिय राजमार्गलाई पनि धेरै क्षति पुऱ्याएको जनाएका छन्। दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किम राज्यको आर्थिक स्रोतहरूमध्ये पयर्टन उद्योग पनि एउटा हो। त्यसकारण दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किमको पयर्टन उद्योगलाई अझ दहि््रलो बनाउने दिशामाथि पहल गरिनु पर्ने सभासद एडवाडर्सले सम्बन्धित मन्त्रालय लगायत विभागीय अधिकारीहरू समक्ष माग गरेका छन्।
पत्रमा सभासद एडवाडर्सले दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किमको पयर्टन उद्योगलाई अघि बढाउन प्रचार प्रसार आदि जस्ता विषयहरूको अति नै जरूरी रहेको विषयतिर पनि केन्द्रिय मन्त्रीको ध्यान आकर्षित गराएका छन्।
हिन्दुस्थान समाचार/हनोक
