धुबड़ी (असम), 11 जुलाई (हि.स.)। जिल्लामा पशु तस्करी विरूद्ध गोलोकगञ्ज पुलिसको कारबाही निरन्तर जारी छ। यसै क्रममा पुलिस पाँच वटा पशुहरूलाई उद्धार गर्न सफल भएको छ। पुलिसले बताएको छ, गए राति एक गुप्त सूचनाको आधारमा गोलोकगञ्ज थाना प्रभारी देवजित कलिताको नेतृत्वमा पुलिसको एक टीमले गोलोकगञ्जको पोस्टघाट क्षेत्रमा कारबाही गऱ्यो।
यस कारबाहीमा छिमेकी राज्य पश्चिम बंगालको तुफानगञ्जदेखि गौरीपुर तर्फ गइरहेको एउटा सेन्ट्रो कार (डब्ल्यूबी-02जेड-9874)-लाई गोलोकगञ्जको पेस्टघाटमा रोकियो। पुलिसले कारको माध्मबाट तस्करी गरिरहेका पाँच वटा पशुहरूलाई कब्जामा लियो। तथापि यस मामिलामा कुनै पनि तस्करलाई पक्राउ गरिएको छैन। अँध्यारोको फाइदा उठाएर तस्करहरू भाग्न सफल भएको बताइन्छ। भनिन्छ, यी पशुहरूलाई धुबड़ीदेखि छिमेकी राष्ट्र बंगलादेशमा तस्करी गर्ने योजना थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
