गान्तोक, 21 नोभेम्बर (हि.स.)। भारत सरकारको विदेश मामिला तथा शिक्षा राज्य मन्त्री डा. राजकुमार रंजन सिंह मंगलवार सिक्किम भ्रमणमा आइपुगेका छन्। उनी तीन दिवसीय औपचारिक भ्रमणमा सिक्किम आएका छन्।
केन्द्रिय विदेश मामिला तथा शिक्षा राज्य मन्त्री सिंहलाई रम्फूमा गान्तोकका विधायक वाईटी लेप्चा, रम्फूकी एसडीएम सुजाता सुब्बा, गृह विभागका संयुक्त सचिव प्रनीत प्रधान र प्रदेश भाजपाका पदाधिकारीहरूले स्वागत जनाए।
आफ्नो तीन दिवसीय भ्रमण अवधि केन्द्रिय राज्यमन्त्री डा. सिंहले सिक्किमबाट निर्यात बढाउनका लागि निर्यातकर्ताहरूको क्षमता निर्माणसम्बन्धी कार्यक्रममा भाग लिनेछन्।
हिन्दुस्थान समाचार/बिशाल
