कटिहार, 30 जून (हि.स.)। मुफस्सिल थाना क्षेत्रको वार्ड नं. तीन छीटाबाड़ी मुख्य सड़क मार्गमा गोपी टेम्प हाउस नजिक अज्ञात अपराधीहरूले आइतवार अबेर राति एक व्यक्तिको गोली हिर्काई हत्या गरे। मृतकको पहिचान चन्द्रमा चौक निवासी धीरज कुमार (32वर्ष) पिता धन्नी साहको रूपमा गरिएको छ, जो जमीनको कारोबारसित जोड़िएको थियो। घटनाको सूचना पाउनसाथ सदर अनुमण्डल पुलिस पदाधिकारी अभिजीत सिंह घटना स्थलमा पुगे र शवलाई कब्जामा लिएर पोस्टमार्टमको निम्ति कटिहार सदर अस्पताल पठाए।
सदर अनुमण्डल पुलिस पदाधिकारी अभिजीत सिंहले भने, धीरज कुमार आफ्नो घर फर्किरहेको थियो, तब उसलाई गोही हिर्काइयो। घटनास्थलमै उसको मृत्यु भयो। पुलिसले घटनास्थलबाट खोखा र दुई मोबाइल फोन जफत गरेको छ। पुलिसले विभिन्न एंगलबाट मामिलाको जाँच गरिरहेको छ र छिट्टै मामिलाको खुलासा गर्ने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
