राजौरी, 24 नोभेम्बर (हि.स.)। राजौरी जिल्ला अधिनस्थ कालाकोटको बाजीमालमा भएको भिड़न्तमा शहीद भएका सेनाका दुई कप्तान सहित पाँचजना शहीदहरूलाई शुक्रवार जम्मूको सैन्य अस्पतालमा भावपूर्ण श्रद्धाञ्जलि दिइयो।
यस अवसरमा जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हा, प्रदेश पुलिसका डीजीपी आरआर स्वैन समेत थल सेना र वायु सेनाका उच्च अधिकारीहरूले बहादुर सैनिकहरूलाई उनीहरूको सवोच्च शहादतको लागि नमन गरे। यहाँबाट शहीदहरूको पार्थिव शरीरलाई आ-आफ्नो पैतृकिक गाउँ तर्फ प्रस्थान गराइयो भने 9 प्याराका हवलदार कमाण्डो अब्दुल माजिदको पार्थिव शरीरलाई पुँछमा सेनाका उच्चाधिकारीहरूले अन्तिम सलामी दिए।
स्मरण गराइन्छ, राजौरी भिड़न्तमा शहीद भएका जवानहरूमध्ये दुई जवान उत्तर प्रदेशका, एकजना उत्तराखण्डका, एकजना जम्मू-कश्मीरका र एकजना कर्णाटकका वासिन्दा हुन् जसमा 63 राष्ट्रिय राइफल्सका क्याप्टन एमवी प्राँजल मङ्गलोर कर्णाटक निवासी, 9 प्याराका क्याप्टन शुभम गुप्ता आगरा निवासी, 9 प्याराका हवलदार कमाण्डो अब्दुल माजिद अजोट पुँछ निवासी, लाँसनायक सञ्जय विष्ट नैनीताल उत्तराखण्ड निवासी अनि प्याराट्रूपर सचिन लौर अलिगढ़ उत्तर प्रदेश निवासी सामेल छन्।
हिन्दुस्थान समाचार/उष्णता
