
नयॉं दिल्ली, 19 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज, शुक्रवार सोशियल मिडिया एक्समा सूरीनाम, त्रिनिदाद र टोबेगोको भजन साझा गरेका छन्। प्रधानमन्त्रीले एक्स ह्यान्डलमा लेखेका छन्, ‘भजनहरूमा रामायणको शाश्वत सन्देश छ। रामायणको सन्देशले संसारभरिका मानिसहरूलाई प्रेरित गरेको छ। यहॉं सूरीनाम र त्रिनिदाद र टोबेगोबाट केही भजनहरू छन्।’
हिन्दुस्थान समाचार/बिशाल
