चम्पात, 05 दिसम्बर (हि.स.)। पाटी ब्लक क्षेत्रबाट फर्किने क्रममा एक बोलेरो कार गहिरो खाड़लमा झर्दा दुर्घटनाग्रस्त भयो। वाहन घाट निकट बागधारमा अनियन्त्रित भएर लगभग 200 मीटर तल झऱ्यो, जसमा 5 जन्तीको घटनास्थलमै मृत्यु भयो जबकि अन्य 5 गम्भीर रूपमा घाइते भए। मृतकहरूमा एकै परिवारका दुई सदस्य पनि सामेल छन्।
पुलिस, एसडीआरएफ एवं स्थानीय मानिसहरूले रेस्क्यू अभियान चलाएर अथक प्रय़ासपछि शव र घाइतेहरूलाई खाड़लदेखि बाहिर निकाले। सबै घाइतेहरूलाई उप जिल्ला चिकित्सालय लोहाघाट पुऱ्याइएको छ। शवहरूलाई पोस्टमार्टमको निम्ति लगिँदैछ। दुर्घटनाका कारणहरूको अहिले पत्तो लाग्नसकेको छैन।
मृतकहरूमा प्रकाश चन्द्र उनियाल (40) निवासी दिबडिब्बा विलासपुर, केवल चन्द्र उनियाल (35) निवासी निवासी दिबडिब्बा विलासपुर, सुरेश नौटियाल (32) निवासी पंतनगर, प्रियांशु चौबे (6) पुत्र सुरेश चौबे, निवासी सियालदेह, भिक्यासेन, अल्मोड़ा र भावना चौबे (28) पत्नी सुरेश चौबे, निवासी सियालदेह, बिखयासेन, अल्मोड़ा सामेल छन्।
दुर्घटनामा देवीदत्त पाण्डेय (38) पुत्र रामदत्त पाण्डेय, सेराघाट (अल्मोड़ा) चालक, धीरज उनियाल (12) पुत्र प्रकाश चन्द्र उनियाल, रुद्रपुर, राजेश जोशी (14) पुत्र उमेश जोशी, बनकोट गंगोलीहाट, चेतन चौबे (5) पुत्र सुरेश चौबे, दिल्ली र भास्कर पन्डा, पुत्र रमेश पन्डा, सेराघाट गंगोलीहाट घाइते भए।
जिल्ला आपदा परिचालन केन्द्र अनुसार, 04 दिसम्बर शेराघाट (गंगोलीहाट) बाट जन्ती पाटी ब्लकको बालातड़ी आएको थियो। बिहे समारोहपछि जन्ती अबेर राति फर्किरहेको थियो, सोही अवधि यो दुर्घटना घट्यो। बोलेरो (यूके 04 टीवी 2074) बागधार क्षेत्रमा भीरबाट तल झऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी
