नयाँ दिल्ली, 18 दिसम्बर (हि.स.)। कंग्रेसले आरोप लगाएको छ, संसदको सुरक्षामा भएको चूकको मुद्दामा केन्द्र सरकार गम्भीर छैन। कंग्रेसका वरिष्ठ नेता एवं सांसद अधीर रञ्जन चौधरीले सोमवार मीडियासितको चर्चामा उक्त टिप्पणी गरे।
उनले भने, यो अत्यन्त गम्भीर मामिला हो, तर मोदी सरकारले यस मुद्दालाई टारिरहेको छ। सरकार संसदमा चर्चा गर्नदेखि बचिरहेको छ। प्रधानमन्त्री सदन बाहिर यस मामिलालाई गम्भीर बताउँछन्, तर सदनमा बाहिर भने जवाफ दिन चाहँदैनन्।
कंग्रेस सांसद केसी वेणुगोपालले भने, केन्द्र सरकारले आफूलाई यो घटनादेखि अलग राख्न सक्दैन। सरकारले सदनमा जवाफ दिनुपर्छ। विपक्षको माग छ, देशका गृहमन्त्रीले संसदका दुवै सदनलाई यस मुद्दामा सम्बोधन गरून्।
उल्लेखनीय छ, गत बुधवार लोकसभाको शून्यकाल अवधि दुईजना युवकले दर्शक दीर्घाबाट सदनभित्र हाम फालेका थिए। त्यसपछि यस मुद्दालाई लिएर विपक्षले संसदका दुवै सदनमा खैलाबैला गरेर कार्यवाही सञ्चालन हुनै दिएन।
हिन्दुस्थान समाचार/उष्णता
