
जोगेश्वरीमा कथित 500 करोड़ रुपियाँको जमीन घोटालाई लिएर हुनेछ जाँचबुझ मुम्बई, 10 जनवरी (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)- को टीमले शिवसेना (यूबीटी)-का विधायक रविन्द्र वायकरलाई समन पठाएर आगामी 17 जनवरीमा पेश हुने आदेश दिएको छ। ईडीद्वारा जारी उक्त समन जोगेश्वरीमा कथित 500 करोड़ रुपियाँको जमीन घोटालासित सम्बन्धित छ।
गए मङ्गलवार ईडीका 12 जना अधिकारीहरूको दलले विधायक रविन्द्र वायकर अनि तिनको पार्टनरको घर अनि कार्यालयहरूमा छापा मारेको थियो। यद्यपि यस सम्बन्धमा ईडीको टीमले अहिलेसम्म कुनै आधिकारिक जानकारी नदिएको भए पनि कतिपय महत्वपूर्ण कागजपत्रहरू ईडीको हातमा परेको बताइएको छ। यसै कागज-पत्रहरूको आधारमा ईडीको टीमले रविन्द्र वायकरलाई जाँचबुझ गर्ने भएको छ।
वास्तवमा जोगेश्वरीको वेरावली गाउँमा अवस्थित एक भूखण्डको दुरूपयोग गरेको अनि त्यस भूखण्डमा पाँच तारे होटल निर्माण गरेको मामिलामा रविन्द्र वायकरमाथि आरोप लागेको छ। यस भूखण्डलाई लिएर 500 करोड़ रुपियाँको घोटाला गरिएको आरोप भारतीय जनता पार्टीका प्रदेश उपाध्यक्ष किरीट सोमैयाले लगाएका छन्। सोमैयाले यस मामिलाको जाँचको निम्ति ईडी समक्ष सिकायत गरेका थिए। यसै सिकायतको आधारमा ईडीको टीमले मामिलाको गहन अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
