
मुम्बई, 18 अक्टोबर (हि.स.)। पुणेको ससुन अस्पतालबाट पुलिसलाई छक्याएर भागेका ड्रग तस्कर ललित पाटिललाई मुम्बई पुलिसको टीमले चेन्नईको एक होटलबाट बुधवार भोर बिहान पक्राउ गरेको छ। पुलिसले ललित पाटिलसित गहन जाँचबुझ गरिरहेको छ।
पुलिस अनुसार अक्टोबर, 2020- मा पिँपरी-चिँचवड़ पुलिसले करोड़ौं रुपियाँको मेफेड्रोन निर्माण औ तस्करी ऱ्याकेटको भण्डाफोड़ गरी 22 जना आरोपीहरूलाई पक्राउ गरेको थियो। ललित पाटिल पनि यिनीहरूमध्ये एक हो। उसलाई त्यसबेलादेखिकै यरवदा सेन्ट्रल जेलमा थुनिएको थियो। तर हर्नियाको उपचारको लागि उसलाई गत जून महिनामा पुणेको ससुन अस्पतालमा भर्ती गरिएको थियो। अस्पतालमा उपचाराधिन ललित पाटिल गत 02 अक्टोबरको दिन अस्पतालबाट भागेको थियो। त्यसबेलादेखिकै पुणे र मुम्बई पुलिसले उसलाई खोजिरहेको थियो।
मेफेड्रोन निर्माता उसको भाइ भूषण पाटिल र सहयोगी अभिषेक बालकवाड़ेलाई पुलिसले गत 10 अक्टोबरमा उत्तर प्रदेश-नेपाल सीमाबाट पक्राउ गरेको थियो। यिनीहरूमध्ये एकजना आरोपीको मोबाइलमा ललित पाटिलको फोन आएको थियो जसको आधारमा पुलिसले उसको ठेगाना पत्तो लगायो अनि पुलिस टीमले चेन्नई गएर उसलाई पक्राउ गऱ्यो।
पुलिसले अझ बताए अनुसार ललित पाटिल एउटा वृहत अन्तरराष्ट्रिय ड्रग सिन्डिकेटको अंग हो। अहिलेसम्मको जाँचमा थाहा लागेको छ कि उसले मलेशिया र थाईल्याण्ड जस्ता देशहरूमा मेफेड्रोनको आपूर्ति गर्थ्यो। यसैले ललित पाटिलको भाइ भूषण पाटिलले मेफेड्रोन बनाउने कम्पनी चलाउँदै आइरहेको थियो। ललित पाटिल भागेपछि मुम्बई पुलिसले भूषण पाटिलको कम्पनीमा छापा मारेर 300 करोड़ रुपियाँभन्दा अधिकको मेफेड्रोन ड्रग जफ्त गरेको थियो।
यसैबीच ललित पाटिलकी आमाले आशङ्का व्यक्त गरेकी छन्, तिनको छोराको एनकाउण्टर गरिनसक्छ। ललित पाटिलकी आमाले भनेकी छन्, तिनको छोरालाई कानून अनुरूप जे पनि सजाय दिइन्छ त्यो दिइयोस्, तर छोराको एनकाउण्टर नगरियोस्।
हिन्दुस्थान समाचार/उष्णता
