नयाँ दिल्ली, 18 अक्टोबर। कंग्रेस नेता राहुल गान्धीले आज अडानी समूहलाई घेर्दै गम्भीर आरोप लगाएका छन्। राहुलले कंग्रेस मुख्यालयमा आयोजित सम्वाददाता सम्मेलनमा भने, अडानी समूहले कोइया इण्डोनेशियाबाट खरिद गर्दछ। त्यसको मूल्यमा धाँधली गरेर भारतमा दुई गुणा मूल्यमा बिक्री गर्छ। यसैले देशमा बिजुलीको मूल्यवृद्धि भएको हो जसको मार गरीब जनताले झेल्नुपर्छ।
उनले आफ्नो आरोपको पक्षमा लण्डनको एक समाचार पत्रको रिपोर्टलाई उद्धृत गरे। उनले भने, यस धाँधलीबाट अडानी समूहले 12 हजार करोड़ रुपियाँ कमाइसकेको छ। यो कुरा हिन्दुस्तानका नागरिकहरूले बुझ्नुपर्छ। यहाँ एउटा रोचक कुरा के छ भने यस्तो रिपोर्टलाई लिएर हिन्दुस्तानका मीडियाहरूले एउटै प्रश्न पनि सोध्दैनन्।
