• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > प्रधानमन्त्री मोदीद्वारा ७२औँ राष्ट्रिय भलिबल प्रतियोगिताको भर्चुअल उद्घाटन
National

प्रधानमन्त्री मोदीद्वारा ७२औँ राष्ट्रिय भलिबल प्रतियोगिताको भर्चुअल उद्घाटन

CliQ INDIA
Last updated: January 5, 2026 2:10 am
CliQ INDIA
Share
4 Min Read
SHARE

— आज विश्वभर भारतको विकासको व्यापक प्रशंसा भइरहेको छ : प्रधानमन्त्री

वाराणसी, ४ जनवरी (हि.स.)।

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो संसदीय क्षेत्र वाराणसीमा आयोजना गरिएको ७२औँ राष्ट्रिय भलिबल प्रतियोगिताको भर्चुअल माध्यमबाट उद्घाटन गरे। भारतको आर्थिक प्रगतिबारे उल्लेख गर्दै प्रधानमन्त्रीले भने, आज विश्वभर भारतको विकासको व्यापक प्रशंसा भइरहेको छ। उनले भलिबललाई साधारण खेल मात्र नभई सन्तुलन र सहकार्यको खेल बताए।

डा. सम्पूर्णानन्द स्पोर्ट्स स्टेडियमबाट एक हजारभन्दा बढी खेलाडी र प्रशिक्षकहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले वाराणसीका सांसदको हैसियतले सबैलाई स्वागत गरे र उत्कृष्ट खेल तथा प्रदर्शनका लागि शुभकामना व्यक्त गरे। उनले भने, अब सबै खेलाडी बनारस आइपुगेकाले यहाँको संस्कृति पनि बुझ्ने अवसर पाउनेछन् र उत्साहजनक दर्शकहरूको साथ प्राप्त हुनेछ।

प्रधानमन्त्री मोदीले भलिबल खेलबारे चर्चा गर्दै भने, भलिबल सन्तुलन, सहकार्य र संकल्प शक्तिको प्रतीक हो। यसले टोली भावनालाई मजबुत बनाउँछ। प्रत्येक खेलाडीको मन्त्र ‘टिम फर्स्ट’ हो। टोलीको जित समन्वय, विश्वास र तत्परतामा निर्भर हुन्छ।

प्रधानमन्त्रीले भने, देश पनि यही टोली भावनाका साथ अघि बढिरहेको छ। स्वच्छतादेखि डिजिटल भुक्तानीसम्म, ‘एक रुख आमाको नाम’ अभियानदेखि विकसित भारतको लक्ष्यसम्म, देशका प्रत्येक नागरिकले ‘इन्डिया फर्स्ट’ भावनासाथ काम गरिरहेका कारण प्रगति सम्भव भएको हो। उनले भने, जब देशको विकास हुन्छ, त्यसको प्रभाव केवल आर्थिक क्षेत्रमा मात्र सीमित रहँदैन, खेल मैदानमा पनि आत्मविश्वासको रूपमा देखिन्छ। पछिल्ला वर्षहरूमा विभिन्न खेलहरूमा भारतको प्रदर्शन निरन्तर सुधार भएको छ र खेल मैदानमा तिरंगा फहराउँदा गर्वको अनुभूति हुन्छ।

प्रधानमन्त्री मोदीले ‘नमः पार्वती पतये हर–हर महादेव’ जयघोषसँगै आफ्नो सम्बोधन सुरु गरे। उनले देशका सबै क्षेत्रहरू ‘रिफर्म एक्सप्रेस’ मा सवार रहेको र खेल क्षेत्र पनि ठूला सुधारतर्फ अघि बढिरहेको बताए। राष्ट्रिय खेल शासन ऐन र खेलो भारत नीति–२०२५ जस्ता पहलहरूले सही प्रतिभालाई अवसर प्रदान गर्ने उनको भनाइ थियो। यसले खेलाडीहरूलाई खेल र शिक्षामा सँगसँगै अघि बढ्ने अवसर दिनेछ।

प्रधानमन्त्रीले काशीलाई राष्ट्रिय भलिबल प्रतियोगिताको खेल नक्सामा स्थान दिनु महत्वपूर्ण भएको बताए। यसअघि पनि काशीमा जी–२० बैठक, सांस्कृतिक महोत्सव र प्रवासी भारतीय सम्मेलनजस्ता कार्यक्रमहरू आयोजना भई स्थानीय अर्थतन्त्रलाई अवसर मिलेको उनले उल्लेख गरे। उनले भोजपुरी उखान उद्धृत गर्दै भने, “बनारस बुझ्न चाहनुहुन्छ भने बनारस आउनै पर्छ।”

प्रधानमन्त्रीले बनारसले सधैं खेल जगतलाई उत्कृष्ट खेलाडी दिएको बताउँदै बनारस हिन्दू विश्वविद्यालय, यूपी कलेज र काशी विद्यापीठबाट निस्किएका खेलाडीहरूले राज्य र राष्ट्रिय स्तरमा देशको नाम उज्यालो पारेको उल्लेख गरे। उनले काशीलाई खेलप्रेमी शहरको रूपमा वर्णन गर्दै कुश्ती, बक्सिङ, नौका दौड, कबड्डी जस्ता खेलहरू यहाँ लोकप्रिय रहेको बताए।

प्रधानमन्त्रीले २८ राज्यका टोलीहरूको सहभागिताले ‘एक भारत, श्रेष्ठ भारत’ को सुन्दर चित्र प्रस्तुत गरेको बताउँदै सबै खेलाडीलाई प्रतियोगिताका लागि शुभकामना दिए। उनले काशीलाई सांस्कृतिक राजधानीको रूपमा उल्लेख गर्दै यो च्याम्पियनसिप पनि त्यसको अर्को महत्वपूर्ण कडी भएको बताए। जाडो मौसममा बनारसका विशेष परिकारहरू पनि खेलाडीहरूले अनुभव गर्न पाउने उनले थपे।

उल्लेखनीय छ, जनवरी ४ देखि ११ सम्म सञ्चालन हुने यस प्रतियोगितामा देशभरका विभिन्न राज्य र संस्थानहरूको प्रतिनिधित्व गर्ने ५८ टोलीका एक हजारभन्दा बढी राष्ट्रिय स्तरका खेलाडीहरूले सहभागिता जनाइरहेका छन्।

उद्घाटन समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उपमुख्यमन्त्री बृजेश पाठक, वाराणसीका मेयर अशोक तिवारी, एमएलसी हंसराज विश्वकर्मा, विधायक डा. नीलकण्ठ तिवारी, राज्यमन्त्री रविन्द्र जायसवाल, विधायक सौरभ श्रीवास्तव, अवधेश सिंह, एमएलसी धर्मेन्द्र सिंह, आयुष मन्त्री डा. दयाशंकर मिश्र ‘दयालु’, उत्तर प्रदेश भलिबल फेडेरेसनका अध्यक्ष रामानुज चौधरी, भाजपा महानगर अध्यक्ष प्रदीप अग्रहरि लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

सुप्रीम कोर्टले ”नीट” माथि एनटीएलाई नोटिस जारी गऱ्यो
रियासीका माहौरमा शिव गुफा छेउ पैह्रो, दुई युवकको मृत्यु
भाजपाद्वारा जनसंघका संस्थापक डा श्यामा प्रसाद मुखर्जीलाई नमन | BulletsIn
आसामको चुनावी रण: पहिचान, विकास र राजनीतिक विरासतमा भाजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा
प्रधानमन्त्रीले सन्थाली भाषामा भारतीय संविधानको प्रकाशनको प्रशंसा गरे

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article मङ्गनमा जिल्लास्तरीय अन्तर निर्वाचन क्षेत्र फुटबल प्रतियोगिता सम्पन्न
Next Article मुख्यमन्त्री सरमाले आरडी बर्मनलाई पुण्यतिथिमा दिए श्रद्धाञ्जली
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?