• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > ‘म’ बाट ‘हामी’ तर्फ फर्किंदै भारत, ६–७ दिसम्बरमा महाराष्ट्रको चिखलीमा राष्ट्रसेवाको अखण्ड साधना उत्सव
National

‘म’ बाट ‘हामी’ तर्फ फर्किंदै भारत, ६–७ दिसम्बरमा महाराष्ट्रको चिखलीमा राष्ट्रसेवाको अखण्ड साधना उत्सव

CliQ INDIA
Last updated: December 6, 2025 4:26 am
CliQ INDIA
Share
4 Min Read
SHARE

नयाँ दिल्ली, ५ दिसम्बर (हिस.)। सनातन परम्परा ‘वसुधैव कुटुम्बकम्’ को भाव लिएर अगाडि बढिरहेको भारत आज तीव्र गतिमा उपलब्धि, प्रगतिका व्यक्तिगत सफलताका आवाजले भरिएको छ। यस्तै समयमा जब समाज ‘म’ बाट ‘हामी’ तर्फ फर्कने बाटो खोजिरहेको छ, तब महाराष्ट्रको चिखलीमा ६ र ७ दिसम्बर, २०२५ मा आयोजना हुन लागेको सहस्र चन्द्र दर्शन समारोहले त्यो जीवन दर्शन स्मरण गराइरहेको छ, जहाँ व्यक्तिगत स्वार्थ होइन, राष्ट्र पहिलो हुन्छ। वरिष्ठ संघ प्रचारक लक्ष्मीनारायण भाला ‘लक्खिदा’ को ८१औँ वर्ष प्रवेशको अवसरमा हुन लागेको यो आयोजनाले राष्ट्र साधनाको परम्परालाई सार्वजनिक उत्सवको रूपमा प्रस्तुत गर्नेछ।

सन् १९६८ मा गृहत्याग गरी संघ कार्यमा प्रवृत्त भएका लक्खिदाको जीवनले त्यो पुस्ताको प्रतिनिधित्व गर्छ, जसले सुविधाभन्दा संघर्षलाई रोज्यो, पदभन्दा प्रवृत्तिलाई अपनायो, प्रसिद्धिभन्दा कर्तव्यलाई सार्थक बनायो। आज समाज जब तात्कालिक लाभ र व्यक्तिगत उन्नतिको गणितमा जकडिएको छ, त्यस्ता जीवन आदर्शहरूले सम्झाउँछन् कि राष्ट्र केवल भूगोल होइन, निरन्तर साधना हो। श्री भालाले राष्ट्रिय स्वयंसेवक संघका पूर्णकालिक प्रचारकका रूपमा राष्ट्रकार्यको यात्रा शुरु गरेका थिए। उनी विगत ५७ वर्षदेखि समाज, संगठन र राष्ट्रनिर्माणका सेवाकार्यमा निरन्तर सक्रिय छन्।

सन्त, संघ र संस्कृति — तीन धाराको संगम

यस कार्यक्रममा अखिल भारतीय प्रचारक प्रमुख स्वान्त रंजनको उपस्थितिले संगठनको वैचारिक धुरीलाई सुदृढ़ गर्नेछ। त्यस्तै, जगद्गुरु शंकराचार्य स्वामी राजराजेश्वराश्रम जी महाराज (हरिद्वार) को सान्निध्यले भारतीय आध्यात्मिक चेतनालाई राष्ट्र विमर्शसँग जोड्नेछ। स्वामी विष्णुप्रपन्नाचार्य (नागौरिया मठ, राजस्थान) लगायतका सन्तहरूको उपस्थिति यस कार्यक्रम केवल उत्सव होइन, संस्कारहरूको सार्वजनिक पुनरुद्धार भएको सङ्केत हो।

संस्कृति–राष्ट्रबोधको सेतु

कार्यक्रममा प्रस्तुत हुन लागेको ‘केशव कल्प’ आधारित शास्त्रीय नृत्य–नाटिका आफैंमा सांस्कृतिक घोषणापत्र जस्तै हुनेछ। डा. हेडगेवार जस्ता राष्ट्रदृष्टाको जीवनलाई कलात्मक माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउनुले संघ विचार भाषणमा मात्र होइन, संवेदना र सौन्दर्यको माध्यमबाट पनि अभिव्यक्त हुन्छ भन्ने प्रष्ट हुन्छ। जब विश्वमञ्चमा भारत आफ्नो सांस्कृतिक पहिचानसहित दृढ़तापूर्वक उभिँदैछ, यस्ता आयोजनाले प्रमाणित गर्छ कि राष्ट्रनिर्माण केवल नीतिले होइन, संस्कृतिले पनि हुन्छ।

‘सहस्र चन्द्र दर्शन’ सार्थक जीवनको प्रतीक

भारतीय परम्परामा सहस्र चन्द्र दर्शन दीर्घायु मात्र होइन, सार्थक जीवनको प्रतीक हो। यसको मर्म — जीवन त्यति लामो र उपयोगी बनोस् कि आफैं एक जीवित ग्रन्थ जस्तै बनोस्। लक्खिदाको जीवन त्यस अर्थमा चलायमान राष्ट्र–पाठ्यक्रम हो, जसका प्रत्येक अध्याय त्याग, अनुशासन, सेवा र समर्पणले लेखिएका छन्।

दादा आप्टेको बिरुवालाई श्रीकान्त जोशीले हुर्काए, भालाले मार्ग देखाए

पश्चिमी प्रभावबीच भारतीय विचारधाराको उर्वर भूमि तयार गर्न अग्रसर चिन्तक दादा साहेब आप्टे (शिवराम शङ्कर आप्टे) ले १९४८ मा हिन्दुस्थान समाचारलाई बहुभाषिक न्युज एजेन्सीको रूपमा रोपेको बीउ आज भारतीय भाषाहरूको आवाज बनेको छ। श्रीकान्त जोशी र लक्ष्मीनारायण भाला यसका मार्गदर्शकका रूपमा उभिए। फरवरी २०१३ मा श्रीकान्त जोशीको देहावसानपछि एजेन्सीको जिम्मेवारी जसको बलियो काँधमा आइपुग्यो, उनी नै थिए लक्ष्मीनारायण भाला ‘लक्खिदा’। त्यो समय एजेन्सीका लागि संक्रमणको चरण थियो, जसलाई उनले दृढ़ता, अनुशासन र दूरदृष्टिसहित अगाडि बढाए।

उनीहरूले हिन्दुस्थान समाचारलाई सरकारी, सामाजिक र मिडिया जगतमा थप सुदृढ़ प्रतिष्ठा दिलाए। राष्ट्रहित, संतुलित दृष्टि र निर्भीक पत्रकारिता, यी तीन स्तम्भमा उभ्याउँदै उनीहरूले एजेन्सीलाई निरन्तर प्रगतिमार्गमा अघि बढाए। भन्न सकिन्छ, श्रीकान्त जोशीले जलाएको दियोलाई लक्ष्मीनारायण भालाले राष्ट्रव्यापी उज्यालोमा बदल्ने कार्य गरे।

६ दिसम्बरमा वैदिक अनुष्ठान, सम्मान तथा सांस्कृतिक प्रस्तुति

कार्यक्रमको शुरुवात शनिवार ६ दिसम्बर बिहान ६ बजी वैदिक परम्पराअनुसार हवन–पूजनका साथ शुरू हुनेछ। यसपछि, बिहान ११ देखि १२:३०सम्म सहस्र चन्द्र दर्शन उद्घाटन, तुलादान तथा सम्मान समारोह आयोजित गरिनेछ। साँझ ६ देखि ९ बजीसम्म सांस्कृतिक कार्यक्रम हुनेछ।

७ दिसम्बरमा स्मारिका विमोचन तथा समापन समारोह

आइतवार ७ दिसम्बर बिहान ११:३० देखि १ बजीसम्म सहस्र चन्द्र दर्शन समापन समारोह, स्मारिका विमोचन तथा विचार–संवाद कार्यक्रम सम्पन्न हुनेछ। यसपछि, दिउँसो १:३० देखि ३ बजीसम्म सामूहिक भोजनसहित कार्यक्रमको विधिवत समापन हुनेछ।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

डीजीसीएले एयरबस ए-320 विमानमा तत्काल परिवर्तन गर्न आदेश दियो
एआईएफपीपीको सरकारसित अपीलः प्रिन्टिङ र पेकेजिङ उद्योगलाई 5% जीएसटी स्ल्याबमा ल्याइयोस्
‘ट्रम्प टेरिफ’ बाट उत्पन्न चुनौतीहरूमा देशहितमा केन्द्र सरकारले उठाओस ठोस कदम- मायावती
महाराष्ट्रमा कानुन व्यवस्थाको स्थिति गम्भीर, राष्ट्रपति शासन लगाउनु पर्छः उद्धव ठाकरे
राष्ट्रपतिले राज कुमार गोयललाई मुख्य सूचना आयुक्तको रूपमा शपथ दिलाइन्

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article कड़ोरौं रुपियाँ लिएर भाग्यो ग्राहक सेवा केन्द्रको एजेन्ट
Next Article उत्तरी सेना कमाण्डरले पुँछको गरे दौड़ाह, अपरेशनल तयारीको गरे समीक्षा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?