कोलकाता, 28 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल सरकारले बिहीवार पुलिस प्रशासनमा व्यापक रूपमा फेरबदल गर्दै 14 जना आईपीएस अधिकारीहरूलाई स्थानान्तरण गऱ्यो। यसमा अधिकांश अधिकारीहरू जिल्लाको पुलिस अधीक्षकको पदमा तैनाथ थिए।
यो कदम विपक्षका नेता शुभेन्दु अधिकारीद्वारा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पठाइएको पत्रपछि उठाइएको हो जसमा उनले केही पुलिस अधिकारीहरूमाथि टीएमसी नेताहरूको जस्तै व्यवहार गरेको अनि पक्षपातपूर्ण कारबाही गरेको आरोप लगाएका थिए। फेरबदलको सूचमा पूर्व मेदिनीपुरका पुलिस अधीक्षक सौम्यदीप भट्टचार्यको नाम पनि सामेल छ जो शुभेन्दु अधिकारीको गृह जिल्ला हो।
गए बिहीवार आदेश जारी हुन केही घण्टा अगाड़ि अधिकारीले भट्टचार्यमाथि आरोप लगाएका थिए, उनले आई-प्याकको निर्देशमा काम गरिरहेका छन् जसले पछिल्लो वर्ष 2021-देखि नै टीएमसीको चुनावी रणनीति बनाउने काम गर्दै आइरहेको छ।
उनले दाबी गरे, नन्दीग्रामका एकजना बीजेपी नेताद्वारा भारतीय हिन्दू परिषदमा सामेल हुनदेखि अस्वीकार गरिएकै कारण उनका छोरा जो जिल्लामा अनुबन्धित ग्राम पुलिस थिए,-लाई सेवाबाट हटाइयो। अधिकारीले यो पनि आरोप लगाए, नन्दीग्राम थाना क्षेत्रबाट नौजना सिभिक भोलन्टियरहरूलाई मात्र यसकारणले हटाइयो, किनभने उनीहरू हिन्दू थिए।
यता टीएमसीका उपाध्यक्ष जयप्रकाश मजुमदारले अधिकारीका आरोपहरूलाई बेबुनियाद बताउँदै भने, अधिकारीले दिनहुँ झुटो आरोप लगाउँछन्। अब उनले हरेक प्रशासनिक निर्णयलाई राजनीतिसित जोड़ेर हेरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
