हुगली, 25 नोभेम्बर (हि. स.)। जिल्लामा स्वास्थ्य सुविधाहरूलाई सुदृढ़ बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य विभागले मोबाइल मेडिकल यूनिटको लागि नयाँ स्ट्याण्डर्ड अपरेटिंग प्रोसिजर लागू गरेको छ। यस नयाँ निर्देशको मुख्य उद्देश्य ग्रामीण तथा सुदूरवर्ती क्षेत्रहरूमा प्राथमिक स्वास्थ्य सेवालाई अदिक प्रभावकारी ढंगमा उपलब्ध गराउनु हो।
गए सोमवार साँझ हुगली जिल्ला सूचना एवं संस्कृति विभागले एक प्रेस विज्ञप्ति जारी गरी बतायो, नयाँ एसओपी अनुसार जिल्लाका सबै विधानसभा क्षेत्र तथा ब्लकहरूमा हरेक सप्ताह छः वटा स्वास्थ्य शिविरहरू आयोजना गरिनेछ। यी शिविरहरूको माध्यमबाट आम मानिसहरूले आफ्नो घर छेउमै ओपीडी तथा प्राथमिक स्वास्थ्य सेवाको उपभोग गर्न सक्नेछन्। हरेक एमएमयू शिविरमा डाक्टरद्वारा आम बिमारीहरूको जाँच अऩि उपचार गरिनेछ। साथै गर्भवती महिलाहरूलाई एएनसी र प्रसवोत्तर जाँच, मधुमेह, रक्तचाजपको जाँच, मलेरियाको तत्काल पहिचान तथा लगभग 35 प्रकारको ल्याब जाँच जस्तै- सीबीसी, हीमोग्लोबिन, ब्लड शुगर, यूरिन टेस्ट आदिको सुविधा उपलब्ध रहनेछ। आवश्यकता परे ईसीजी र अल्ट्रासोनोग्राफी पनि गराउन सकिन्छ।
शिविरमा उपस्थित चिकित्सा टीममा एकजना डाक्टर, फार्मासिस्ट, ल्याब तकनीशियन, ईसीजी/नर्सिंग सहायक, अप्टोमेट्रिस्ट औ डेटा एन्ट्री अपरेटर सामेल रहनेछन्। स्थानीय आशा कर्मी, एएनएम र सीएचओ पनि टीमको अंग हुनेछ। शिविरको सय बिहान 9:30 बजेदेखि अपरान्ह 2:30 बजेसम्म तय गरिएको छ।
जिल्ला स्वास्थ्य प्रशासनले पञ्चायत अनि स्थानीय प्रशासनलाई निर्देश दिएको छ, शिवर स्थलमा स्वच्छ पिउने पानी, शौचालय, बिजुली, पर्याप्त बस्ने व्यवस्था अनि भीड़ नियन्त्रणको जिम्मेवारी सुनिश्चित गरियोस्। साथै शिविरको सूचना मानिसहरूसम्म लगभग 48 घण्टा अगावै पुऱ्याइयोस् ताकि अधिकभन्दा अधिक मानिसहरूले यस सुविधाको उपभोग गर्न सकुन्।
एमएमयू वाहन औ उपकरणहरूको नियमित जाँच एवं मरम्मत बी एमईओ टीमद्वारा गरिनेछ। स्वास्थ्य विभागले यो पनि स्पष्ट पारेको छ, एमएमयूको माध्यमबाट गम्भीर मामिलाहरूको पहिचान गरी त्यसलाई तुरून्तै नजिकैको स्वास्थ्य केन्द्र वा अस्पतालमा रेफर गरियोस्। यसको लागि एक स्पष्ट रेफरल योजना बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
