सिलगढ़ी, 10 अक्टोबर (हि.स)। पश्चिम बंगालको दार्जीलिङ जिल्लामा फेरि अर्को चिया बगान बन्द भएको छ। सिलगढ़ीको नक्सलबाड़ीस्थित आशापुर चिया बगान बन्द भएपछि यहाँका चार सयजना श्रमिकहरूको रोजगार खोसिएको छ। आरोप छ, श्रमिकहरूको बाँकी वेतन भुक्तान नगरी बगान प्रबन्धकले बगान बन्द गरिदिएको छ।
उल्लेखनीय छ, नक्सलबाड़ीस्थित आशापुर चिया बगानमा 400 जना श्रमिकहरू काम गर्दछन्। गत 5 अक्टोबरमा बगान खोलिएको थियो। अधिकारीहरूले 20 प्रतिशत पूजा बोनस दिएपछि बाँकी वेतन दिने वाचा गरेका थिए। यही बाँकी वेतन नपाएको कारण श्रमिकहरूले बितेका दुई दिनदेखिको काम बन्द गरेका थिए। त्यसपछि गए बिहीवार राति फ्याक्ट्रीमा ताला लगाएर अधिकारीहरू भागे।
श्रमिकहरूको आरोप छ, दुर्गा पूजापछि बगान खोलियो, तर बाँकी वेतन भुक्तान गरिएको थिएन। साढ़े चार हप्ताक वेतन बाँकी रहेको थियो। बगान अधिकारीहरू सूचना नदिई हराएका छन्।
यस सम्बन्धमा दार्जीलिङ जिल्ला आईएनटीटीयूसी अध्यक्ष निर्जल देले भने, यस मामिलाको सिकायत अतिरिक्त श्रम आयुक्तसित गरिएको छ। श्रम विभागले यस मामिलामा तुरून्तै कारबाही गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
