नयाँ दिल्ली, 11 जुलाई (हि.स.)। केन्द्रिय मन्त्री अन्नपूर्णा देवीको अध्यक्षतामा महिला एवं बाल विकास मन्त्रालयको क्षेत्रीय बैठक शनिवार केवड़ियामा हुनेछ।
बैठकमा गुजरात, महाराष्ट्र, मध्य प्रदेश, राजस्थान, गोवा, दादरा एवं नगर हवेली तथा दमन एवं दीवका विभागहरूका मन्त्री र वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। क्षेत्रीय बैठकको केन्द्र-राज्यबीच रचनात्मक संवाद र तालमेलको निम्ति एक मंचको रूपमा कल्पना गरिएको छ, जसमा मन्त्रालयका प्रमुख योजनाहरू लागू गरिनुलाई बल प्रदान गर्नमाथि मुख्य रूपमा छलफल गरिनेछ।
महिला एवं बाल विकास मन्त्रालयको तर्फबाट जारी गरिएको जानकारी अनुसार, बैठकमा पोषण ट्रेकर जस्तै डिजिटल उपकरणहरूको एकीकरण, फेस रिकग्निशन सिस्टम (एफआरएय) जस्ता उदियमान प्रौद्योगिकीहरूको उपयोग र धरातलिय स्तरमा प्रौद्योगिकी-सक्षम र एकीकृत सेवा वितरणलाई बढ़ाउने रणनीतीहरू जस्ता पहलुहरूमाथि छलफल गरिनेछ।
कार्यक्रम अन्तर्गत मन्त्रालयले एक पेड़ मां के नाम पहल अन्तर्गत वृक्षारोपण अभियान चलाउनेछ। प्रतिनिधिले बाल पोषण पार्क, स्टैच्यू अफ यूनिटीको पनि दौड़ाह गर्नेछन् र नर्मदा आरती तथा प्रकाश एवं ध्वनि शो- मा भाग लिनेछन्, जसले विकासप्रति सांस्कृतिक रूपमा निहित र एकीकृत दृष्टिकोणप्रति मन्त्रालयको प्रतिबद्धतालाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / भवानी थामी
