दक्षिण 24 परगना, 10 जुलाई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको डायमण्ड हार्बर नगरपालिका क्षेत्रस्थित जेटी घाट नजिक गए बुधवार राति एक जना महिलाले हुगली नदीमा हाम फालेर आत्महत्या गरिन्। स्थानीय मानिसहरू र पुलिस सूत्र अनुसार गए राति लगभग 9 बजी अचानक महिलाले नदीमा हाम फालिन्। त्यसबेला नदीमा ज्वार आइरहेको थियो, त्यसैले महिला क्षणभरमै गहिरो पानीमा विलिन भइन्।
प्रत्यक्षदर्शीहरूको सूचनामा तुरून्त डायमण्ड हार्बर थानाको पुलिस अनि आपदा प्रबन्धन दल घटनास्थलमा पुगेर महिलाको खोजीमा नदीमा अभियान शुरू गऱ्यो। तथापि अबेर रातिसम्म खोजी अभियान संचालन गरिए पनि महिलाको शव भेटिएन।
हाल महिलाको पहिचान स्पष्ट हुन सकेको छैन। आत्महत्याको पछाड़िको कारण पनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन।
बिहीवार बिहान फेरि खोजी अभियान शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
