
ग्वालपाड़ा (असम), 10 जुलाई (हि.स.)। ग्वालपाड़ा जिल्लान्तर्गत लखिपुर क्षेत्रमा जंगली हात्तीको हमलामा पिता-पुत्रको मृत्यु भयो। ग्रामीणहरू अनुसार लखिपुरको शिगरी गाउँमा गए मध्य राति भोजनको खोजीमा आएका पाँच वटा हात्तीहरूको झुण्डले यहाँका लस्कर राभा र उनका छोरा रुपसागर राभामाथि हमला गऱ्यो।
यस हमलामा पिता-पुत्र दुवैको घटनास्थलमै मृत्यु भयो। घटनाको जानकारी पाउनसाथ वन विभाग अनि स्थानीय पुलिसको टीमले घटनास्थलमा पुगेर दुवै शवलाई कब्जामा लिएको छ। ग्रामीणहरूले घटनालाई लिएर वन विभागमाथि अदेखा गरेको आरोप लगाएका छन्। पुलिस अग्रिम कानूनी कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
