शिमला, 22 मार्च शिमलाको ढली पुलिसले कार सवार चारजना मानिलहरूलाई नशालू औषधिसितै पक्राउ गरेको छ। आरोपीहरूको कब्जाबाट प्रतिबन्धित नशालू औषधि नाइट्रोपजमको 47 वटा ट्याबलेट जफत गरिएको छ।
पुलिस अऩुसार कार सवार यी तस्करहरू गए बिहीवार अबेर साँझ मशोबरादेखि शिमला तर्फ गइरहेका थिए। चलौंठी नजिक नाकाबन्दीमा पुलिसले उक्त कार (एचपी09सी-7174)- लाई रोकेर जाँच गऱ्यो जसमा नशालू औषधि भेटियो। पुलिसले कार सवार चारैजनालाई पक्राउ गरेको छ।
एसपी शिमला संजीव गान्धीले शुक्रवार बताए, नशालू ट्याबलेट सहित पक्रा परेका आरोपीहरूको पहिचान शिमलाको ठियोग निवासी रविन्द्र एवं विवेक औ कोटखाई निवासी राहुलको रूपमा भएको छ। यिनीहरविरूद्ध थाना ढलीमा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गरिँदैछ।
