नयाँ दिल्ली, चुनाउ आयोगले केन्द्र सरकारलाई ‘विकसित भारत’ को सन्देशहरूलाई वाट्सएपमा साझा गर्नु झट्टै बन्द गर्ने निर्देश दिएको छ। चुनाउ आयोगले बिहिवार इलेक्ट्रोनिक्स र सूचना प्रौद्योगिकी मन्त्रालयका सचिवलाई आदर्श आचार संहिता लागू भएको कारण वाट्सएपमा ‘विकसित भारत’ का सन्देशहरूको डिलीवरी झट्टै रोक्नको निम्ति चिट्ठी लेखेको छ।
आयोगले मन्त्रालयसित यस मामिलामा तत्काल अनुपालन रिपोर्ट पनि मागेको छ। चिट्ठीमा भनिएको छ, आयोगले विभिन्न क्षेत्रहरूबाट आम चुनाउ 2024 को घोषणा र आदर्श आचार संहिता चालू भएपनि नागरिकहरूको फोनमा अहिलेपनि यस्ता सन्देशहरू पठाइरहेको शिकायत पाएको छ। यसैले चुनाउ आचार संहितामा वाट्सएप सन्देशहरूलाई अगाड़ी डिलीवरी नगरियोस् भनी सुनिश्चित गरिने निर्देश दिइन्छ। यस सम्बन्धमा झट्टै अनुपालन रिपोर्ट पठाइयोस्।
उल्लेख्य, मन्त्रालयले यसअघि आयोगलाई यो सन्देश आदर्श आचार संहिता लागू हुन अगाड़ी पठाइएको थियो तर सिस्टम आर्किटेक्चर र नेटवर्क सीमाहरूको कारण केही सन्देशहरू ढिलो डिलीवरी भएको सूचित गरेको थियो।
