कोलकाता, 13 फरवरी : कोलकाता सहित राज्यका अन्य क्षेत्रहरूमा फेरि मौसमले कोल्टे फेरेको छ। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा जारी बयानमा बताइएको छ, मंगलवार कोलकातामा न्यूनतम तापमान 18.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा एक डिग्री अधिक हो। यसरी नै अधिकतम तापमान पनि 27.5 डिग्री सेल्सियस पुगेको छ।
विभाग अनुसार दिनभरि नै तापमान 19 देखि 28 डिग्री सेल्सियसबीच कायम रहनेछ जसले गर्दा मानिसहरूलाई गर्मी महसूस हुनेछ। हाल राज्यमा बसन्त ऋतुको आगमन भइसकेको छ, यसैले न त बढ़ी जाड़ो हुनेछ न त गर्मी नै। यद्यपि राज्यका केही भागहरूमा सामान्य वर्षा हुने सम्भावना छ।
मौसम विभाग मुताविक पुरूलिया, बाँकुड़ा, झाड़ग्राम औ मुर्शिदाबाद जिल्लाका क्षेत्रहरूमा वर्षा हुनसक्छ साथै तीव्र वेगको हावा पनि चल्नसक्छ। हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुरमा पनि आकाशमा बादल मड़ारिनको साथै मौसम सामान्य रहनेछ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ र कालेबुङमा सामान्य अवस्था रहनेछ। हाल 24 देखि 48 घण्टासम्म यस्तै मौसम रहनेछ।
