नयॉं दिल्ली, 09 फ़रवरी : सफदरजंग अस्पतालमा शुक्रवार नशा उपचार सुविधा (एटीएफ) केन्द्र शुरू गरिएको छ। यस कार्यक्रममा चिकित्सा अधीक्षक डा वन्दना तलवार र वीएमएमसी सफदरजंग अस्पतालका मनोरोग विभागका अध्यक्ष डा पंकज वर्मा उपस्थित थिए। देशभरिका अन्य एटीएफ केन्द्रहरूका साथै सफदरजंग अस्पतालमा एटीएफ केन्द्र नशालु औषधिमाथि निर्भर रहने रोगीहरूको निम्ति व्यापक उपचार प्रदान गर्नेछ।
उल्लेखनीय छ, सामाजिक न्याय एवं अधिकारिता मन्त्रालयले राज्य सरकार र केन्द्र शासित प्रदेशहरूलाई वित्तीय सहायता प्रदान गर्दै औषधिको मागको मुद्दालाई सम्बोधित गर्नका लागि डिमाण्ड रिडक्शनको निम्ति राष्ट्रिय कार्य योजना लागू गरिरहेको छ।
यो सहायता निवारक शिक्षा, जागरूकता सृजन, क्षमता निर्माण, कौशल विकास, व्यावसायिक प्रशिक्षण, पूर्व नशालु औषधिका आदी मानिसहरूको निम्ति आजीविका सहायता र नशालु औषधिका आदी मानिसहरूको निम्ति एकीकृत पुनर्वास केन्द्रहरूको स्थापना कार्यक्रमहरूलाई समर्थन गर्दछ।
