
नयाँ दिल्ली, 28 जनवरी : प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार आफ्नो मासिक रेडियो कार्यक्रम ‘मनका कुरा’ कार्यक्रममा संविधानको प्रथम प्रतिको तेस्रो अध्यायमा भगवान श्रीरामको चित्र रहेको उल्लेख गर्दै उनको शासन हाम्रा संविधान निर्माताहरूका लागि प्रेरणा श्रोत रहेको बताएका छन्।
‘मनका कुरा’ को वर्षको प्रथम एपीसोडमा प्रधानमन्त्रीले भने, देशले दुई दिनअघि धूमधामले 75औं गणतन्त्र दिवस मनायो। यस वर्ष सुप्रीम कोर्टले पनि आफ्नो 75औं वर्ष पूरा गरिरहेछ। हाम्रो लोकतन्त्रको यस पर्वले भारतलाई सशक्त बनाउँदछ। प्रभु श्रीरामको शासन हाम्रो संविधान निर्माताहरूका लागि प्रेरणा श्रोत रहिआएको छ। 22 जनवरीमा देशवासीहरूले रामज्योति जलाए औं दिवाली मनाए। मानिसहरू यस अवधि स्वच्छता अभियानको पनि हिस्सा बने। सामूहिकताको यो भावना रोकिनु हुँदैन। यही भावना हाम्रो देशलाई सफलताको नयाँ शिखरहरूमा लैजानेछ।
