नयॉं दिल्ली, 19 जनवरी (हि.स.)। राष्ट्रपति द्रोपदी मुर्मूले देशभरिका असाधारण उपलब्धि गर्ने 19 जना बाल-बालिकलाई विज्ञान भवनमा 22 जनवरीका दिन प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2024 ले सम्मानित गर्नेछन्। पुरस्कार प्राप्त गर्ने नानीहरूसॅंग प्रधानमन्त्री नरेन्द्र मोदीले 23 जनवरीमा भेट गर्नेछन्।
सरकारी प्रवक्ता अनुसार, प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2024 (पीएमआरबीपी) अन्तर्गत कला र संस्कृतिको निम्ति सात, बहादुरीको निम्ति एक, नवाचारको निम्ति एक, विज्ञान र प्रौद्योगिकीको निम्ति एक, सामाजिक सेवाको निम्ति चार र खेलको निम्ति पॉंचजना बाल-बालिकालाई चयन गरिएको छ। उनीहरूलाई असाधारण उपलब्धिको निम्ति सम्मानित गरिने छ।
पुरस्कार प्राप्त गर्नेहरूमा दुई आकांक्षी जिल्लासहित 18 राज्य र केन्द्र शासित प्रदेशहरूबाट नौजना केटा र दशजना केटीहरू सामेल छन्। पीएमआरबीपी पुरस्कार विजेताहरूले एउटा पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला एवं बाल विकास मन्त्री स्मृति जुबिन ईरानीले पनि नानीहरूसॅंग कुराकानी गर्नेछन। राज्यमन्त्री डा. मंजपारा महेन्द्रभाईको उपस्थितिमा उनीहरूलाई सम्मानित गरिने छ।
उल्लेखनीय छ, केन्द्र सरकारले नानीहरूलाई उनीहरूका असाधारण उपलब्धिका लागि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारले सम्मानित गर्दछ। यो पुरस्कार 5 देखि 18 वषको आयुका नानीहरूलाई कला र संस्कृति, बहादुरी, पर्यावरण, नवाचार, विज्ञान एवं प्रौद्योगिकी, सामाजिक सेवा र खेलमा पदक र प्रमाणपत्र प्रदान गरिन्छ।
हिन्दुस्थान समाचार/बिशाल
