
हैदराबाद, 10 जनवरी (हि.स.) चेन्नईदेखि हैदराबादसम्म पुग्ने चारमीनार एक्सप्रेसका तीनवटा बोगी बुधवार पटरीदेखि तल झऱ्यो जसले गर्दा छःजना मानिसहरूलाई सामान्य चोट लागेको छ।
यो दुर्घटना नामपल्ली रेलवे स्टेशन नजिक बुधवार बिहान लगभग 10 बजे भएको हो। हिजो अबेर साँझ चेन्नईदेखि प्रस्थान भएको ट्रेन सोझै प्लेटफर्म नम्बर-5 मा पुगेपछि डेड एण्ड वालसित ठोक्कियो जसकारण ट्रेनको तीनवटा डब्बा पटरीदेखि तल झऱ्यो।
यसावधि झट्का लागेको कारणले ट्रेनबाट उत्रिने तयारीमा ढोकामा उभिएका यात्रीहरूलाई चोट लाग्यो। एस2, एस3, एस6 बोगी आंशिक रूपमा क्षतिग्रस्त भएको छ। ट्रेन बिस्तारै स्टेशनमा रोकिएको कारणले ठूलो दुर्घटना हुनदेखि बच्यो। लोको पायलटको गल्तीले गर्दा यो दुर्घटना भएको हुनसक्ने आशङ्का व्यक्त गरिँदैछ। घाइते यात्रीहरूलाई उपचारको लागि लालागुडाको एक अस्पतालमा भर्ती गराइएको छ।
हिन्दुस्थान समाचार/ उष्णता
