
नयाँ दिल्ली, 07 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गायिका गीताबेन रबारीको भजन ‘श्री राम घर आए…’ –लाई साझा गरेका छन्। यसलाई मौलिक मेहताले सङ्गीतबद्ध गरेका छन् भने गीत एवं संयोजन सुनिता जोशी (पण्ड्या)-को रहेको छ।
प्रधानमन्त्रीले एक्समा साझा गर्दै लेखेका छन्- “अयोध्यामा प्रभु श्रीरामको दिव्य-भव्य मन्दिरमा रामललाको आगमनको प्रतीक्षा अन्तिम घड़ीमा छ। देशभरिका मेरा परिवारजनहरूलाई उनको प्राण-प्रतिष्ठाको ठूलो प्रतीक्षा छ। उनको स्वागतमा गीताबेन रबारीजीको यो भजन भावविभोर पार्ने किसिमको छ।”
हिन्दुस्थान समाचार/उष्णता
