
कोलकाता, 03 जनवरी (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा एकपल्ट फेरि जाडोको कहर शुरू भएको छ। नयॉं सालको तेस्रो दिन बुधवार न्यूनतम तापक्रम झरेर 14 डिग्री सेल्सियस पुगेको छ।
मौसम विभागले जारी गरेको बयान अनुसार, लामो समयपछि कोलकातामा न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस पुगेको छ भने अधिकतम तापक्रम सामान्यभन्दा तीन डिग्री कम केवल 22.5 डिग्री सेल्सियस छ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि तापक्रम 10 देखि 13 डिग्री सेल्सियस छ, जस कारण जाडो निकै बढेको छ।
उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा तापक्रम सात डिग्री सेल्सियस छेउ छ, जस कारण यी ठाउॅंहरूमा जाडो चरममा पुगेको छ। मौसम विभागले आगामी एक हप्तासम्म तापक्रममा ह्रासको क्रम जारी रहनेछ।
हिन्दुस्थान समाचार/भवानी
