हरिद्वार, 31 दिसम्बर (हि.स.)। विश्व हिन्दू परिषद, उत्तराखण्ड महिला रामलीला माङ्गल योग समिति कर्णप्रयाग, चमेलीका महिलाहरूले आगामी 2जनवरीदेखि अयोध्यामा महिला रामलीलाको मञ्चन गर्नेछन्। कर्णप्रयागदेखि अयोध्या गएका महिला माङ्गल दललाई हरिद्वारको चण्डीघाटमा स्वागत गरियो।
यस अवसरमा राष्ट्रिय स्वयंसेवक सङ्घका क्षेत्रीय प्रचार प्रमुख पदम सिंहले भने, अयोध्या शोध संस्थानमा आयोजना भइरहेको रामलीलाको शुभारम्भ श्रीराम जन्भूमि तिर्थ क्षेत्र ट्रष्टका महामन्त्री एवं विश्व हिन्दू परिषदका केन्द्रिय उपाध्यक्ष चम्पत रायले गर्नेछन्। 1 जनवरीको दिन पहाड़का महिलाहरूले आफ्नो पारम्परिक वेशभूषामा ढोल, दमाऊ, भँकुरेको साथमा सम्पूर्ण अयोध्यामा शोभायात्रा निकालेर अयोध्यावासीहरूलाई लीला हेर्ने निम्ति दिनेछन्। श्रीराम जन्मभूमि तिर्थ क्षेत्र ट्रष्टको सहयोगमा आयोजना हुने रामलीलाले पहाड़को संस्कृतिलाई प्रदर्शन गर्नेछ।
विश्व हिन्दू परिषदका प्रान्त अध्यक्ष रविदेव आनन्दले भने, अयोध्यामा उत्तराखण्डका महिलाहरूले रामलीला मञ्चन गर्नु भनेको सम्पूर्ण देशका महिलाहरूको लागि गौरवको विषय हो। अयोध्यामा उत्तराखण्डका लोक कलाकारहरूको यो पहिलो पहल अनि महिला माङ्गलद्वारा प्रस्तुत गरिने यो 14औं मञ्चन हो।
यस अवसरमा प्रान्त सङ्गठन मन्त्री अजय कुमार, प्रान्त उपाध्यक्ष सन्ध्या कपूर, मातृशक्ति प्रमुख नीता कपूर, प्रान्त कार्यालय प्रमुख वीरसेन मानव, बजरङ्ग दलका प्रान्त संयोजक अनुज वालिया, सङ्गठन मन्त्री अमित कुमार, जिल्ला प्रचारक जगदीप जी, प्रताप लूथरा जिल्ला अध्यक्ष विश्व हिन्दू परिषद कर्णप्रयाग, वत्सल पराशर, नितिन चौहान सहित अनेकौं कार्यकर्ता उपस्थित थिए।
हिन्दुस्थान समाचार/उष्णता
