खरसाङ, 14 दिसम्बर (हि.स.)। तीनधारे महानदी समष्टी स्तरीय टी20 क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको छ। उक्त समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा तीनधारे महानदी समष्टी क्षेत्रका युवाहरूलाई लिएर आयोजना गरिने बताइएको छ। उक्त क्रिकेट टुर्नामेन्ट आगामी 28 दिसम्बरदेखि शुरु हुनेछ, जसमा विजेतालाई 25000 (पच्चीस हजार) र उप विजेतालाई 15000 (पन्ध्र हजार) नगद राशिसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिको पक्षबाट शुभम प्रधानले बताएका छन्।
उनले बताए अनुसार, तीनधारे महानदी समष्टी स्तरीय उक्त क्रिकेट टुर्नामेन्टमा समष्टीका युवाहरूलाई विशेष प्राथमिकता दिइने र एक टीममा दुईजना खेलाड़ीहरू समष्टीदेखि बाहिरको पनि खेलाउन सकिने प्रावधान राखिएको छ। उक्त टी20 क्रिकेट टुर्नामेन्टको लागि तीनधारे महानदी समष्टीकोहरूले आगामी 22 दिसम्बरभित्रमा आफ्नो टीमको नाम दर्ता गराउन सक्ने र एक टिमको शुल्क 4000 (चार हजार) भुक्तान गर्नुपर्ने बताएका छन्।
हिन्दुस्थान समाचार/हनोक
