
नयाँ दिल्ली, 13 दिसम्बर (हि.स.)। केन्द्रियमन्त्री सर्बानन्द सोनोवालले भने, बितेको नौ वर्षको अन्तरालमा प्रधानमन्त्री मोदीको नेतृत्वमा पूर्वोत्तर राज्यहरूमा सबैभन्दा अधिक विकास भएको छ। पूर्वोत्तर राज्यहरूमा प्रधानमन्त्रीको ग्यारण्टी परिलक्षित भएको छ। सोनेवालले बुधवार यहाँ आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उपरोक्त मन्तव्य व्यक्त गरे।
उनले भने, कङ्ग्रेसको राजमा पूर्वोत्तर राज्यहरूलाई सदैव उपक्षित गरियो। त्यहाँ न सड़कहरू थिए, न कुनै पूर्वाधार नै थियो। केवल अशान्ति थियो। कानून व्यवस्था चरमराएको थियो। मानिसहरू असुरक्षित महसूस गर्दथे। यसको विपरीत पछिल्लो नौ वर्षमा नरेन्द्र मोदीको नेतृत्वमा एनडीए गठबन्धनको सरकारले त्यहाँको प्रत्येक प्रान्तलाई विकासको मार्गमा दोऱ्याउनका साथै कानून व्यवस्थालाई सशक्त बनाउनमा पनि महत्वपूर्ण भूमिका निभाएको छ। आज पूर्वोत्तर राज्यहरूले देशको विकासमा महत्वपूर्ण योगदान दिरहेका छन्।
सर्बानन्द सोनोवालले भने, पछिल्लो दुई वर्षभित्रमा केन्द्रियमन्त्रीहरूले 362 पटक पूर्वोत्तर राज्यहरूको दौड़ाह गरिसकेका छन्। पछिल्लो नौ वर्षमा यो आँकड़ा 800 भन्दा अधिक पुगेको छ। स्वयं प्रधानमन्त्रीले 64 पटक पूर्वोत्तर राज्यहरूको दौड़ाह गरिसकेका छन्। जबकि पछिल्लो 70 वर्षमा कुनै पनि प्रधानमन्त्रीले यस्तो गरेका छैनन्। उनले भने, पछिल्लो नौ वर्षमा केन्द्र सरकारले पूर्वोत्तर राज्यहरूलाई पाँच लाख करोड़ रुपियाँको अनुदान दिसकेको छ जसकारण यी राज्यहरूमा अहिले हवाईअड्डाहरूको संख्या 17 पुगेको छ।
उनले भने, प्रधानमन्त्री मोदीले यी राज्यहरूलाई विकासको मार्गमा अग्रसर गराउने सङ्कल्प लिएका थिए जसलाई उनले पूर्ण इमानदारिताको साथमा निभाएका छन्। वैश्विक मानचित्रमा आज पूर्वोत्तर राज्यहरूको विशेष स्थान छ। यस अवधि एक हजारभन्दा अधिक उग्रवादीहरूले आत्मसमर्पण गरेका छन्। पूर्वोत्तर राज्यहरूमा रोड सेक्टर, रेलवे, वाटरवेज, स्कूल एवं कलेजहरूको संख्यामा वृद्धि आएको छ।
हिन्दुस्थान समाचार/उष्णता
