अहमदाबाद, 19 नोभेम्बर (हि.स.)। क्यानडामा बसेका स्वयम्भू खालिस्तान आन्दोलनका नेता गुरपतवन्त सिंह पन्नुले आफ्ना हरकतहरू गर्न छाड़ेका छैनन्। तिनले फेरि वैमनस्य फैलाउने एउटा भीडियो जारी गरेका छन्। पन्नुले उक्त भीडियो मार्फत अहमदाबादमा आइतवार हुन गइरहेको विश्वकप फाइनल म्याचलाई रोक्ने धम्की दिएका छन्।
यी त्यै पन्नु हुन् जसका धम्कीहरूलाई सरकारले कहिल्यै गम्भीर रूपमा लिँदैन, न त समाजले नै यसमाथि भरोसा गर्छ। सूत्र अनुसार भारतका प्रधानमन्त्री अनि अस्ट्रेलियाका प्रधानमन्त्री म्याच हेर्न आउन सक्छन्। यसैले सुरक्षा एजेन्सीहरूलाई आवश्यक सतर्कता अप्नाउन आवश्यक छ। पञ्जाबदेखि लिएर देश-दुनियाँभरिका अधिकांश सिख अनुयायीहरूले त झन् पन्नुलाई सिख नै मान्दैनन्। यिनीहरूको मतानुसार पगड़ी धारण नगर्नेहरू कहिल्यै साँचो सिख हुन सक्दैनन्।
उल्लेखनीय छ, आईसीसी क्रिकेट विश्व कप-2023 को फाइनल म्याच आज यहाँको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। यसैले स्टेडियमको भित्र-बाहिर अभूतपूर्व सुरक्षाको प्रबन्ध गरिएको छ। पन्नुले आफूलाई सिख फर जस्टिसका प्रमुख बताउँछन्। यो सङ्गठन प्रतिबन्धित छ। पन्नुले यसरी भीडियो जारी गरेर धम्की दिएको यो पहिलो घटना निश्चय पनि होइन। गत सेप्टेम्बर महिनामा पनि भारत-पाकिस्तान आईसीसी विश्व कप- 2023 म्याचअघि धम्की दिएको आरोपमा पन्नुविरूद्ध प्राथमिकी दर्ता गरिएको थियो।
हिन्दुस्थान समाचार/उष्णता
