
गिरिडीह, 18 नोभेम्बर (हि.स.)। झारखण्डको गिरिडीह जिल्लाको बिरनी औ मुफ्फसिल थाना अधिनस्थ सीमावर्ती क्षेत्र सिन्धवारियाको बाघमारा गाउँमा शनिवार भोर बिहान एक सड़क दुर्घटनामा परी छःजना जन्तीहरूको मृत्यु भयो। मृतकहरूमा चारजनाको मात्र परिचय खोलिएको छ जसमा मो. यूसुफ मियाँ (72) , इम्तियाज मियाँ (40), सुभान अन्सारी (35) र स्कार्पियो मालिक एवं चालक साहिर अन्सारी सामेल छन्। यसरी नै घाइतेहरूमा याकूब अन्सारी (75) र आफताब अन्सारी (35) सामेल छन्। दुवैलाई सदर अस्पतालमा पुऱ्याइएको छ। उक्त घटनाको जानकारी पुलिसले दिएको हो।
घटनास्थलको जायजा लिएर फर्किएका मुफ्फसिल थाना प्रभारी कमलेश पासवान र बिरनी थाना प्रभारी मृत्युञ्जय सिंहको भनाइ छ, दुवै घाइतेहरूलाई सदर अस्पतालमा भर्ती गरिएको छ। गजोडीह निवासी डा. फारूक अन्सारीका पुत्रको विवाह थियो। दुर्घटनाग्रस्त स्कर्पियो साहिर अन्सारीको थियो र घटनाको समयमा पनि उसैले चलाइरहेको थियो।
पुलिसले अझ बताए अनुसार यिनीहरू सबै भाड़ाको स्कर्पियोमा मुफ्फसिल थाना क्षेत्रको टिकोडीह गाउँ जन्ती गएका थिए। घर फर्किने क्रममा बाघमारा गाउँ नजिक वाहन दुर्घटनाग्रस्त भयो जसले गर्दा पाँचजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने एकजनालाई अस्पताल पुऱ्याउने क्रममा बाटोमै मृत्यु भयो। यसबीच जिल्ला परिषद अध्यक्ष मुनिया देवी औ बगोदर विधायक विनोद कुमार सिंहले सदर अस्पतालमा पुगेर आफन्तहरूलाई सान्तावना दिए।
हिन्दुस्थान समाचार/उष्णता
