– आइतवार बिहान निर्माणाधिन टनलमा भएको भू-धसाउको कारणले 40 मजदूर फसेका छन्
-युद्धस्तरमा राहत अनि बचाउ कार्य जारी, विभिन्न एजेन्सीहरू बचाउ कार्यमा जुटे
उत्तरकाशी, 13 नोभेम्बर : मुख्यमन्त्री पुष्कर सिंह धामी सोमवार सिल्कयाराको निर्माणाधिन टनलमा भएको भू-धसाउको निरीक्षण गर्नका लागि उत्तरकाशी आइपुगे अनि घटनास्थलमा पुगेर उनले निरीक्षण गरे। यस अवधि मुख्यमन्त्रीले युद्धस्तरमा भइरहेका बचाउ कार्यहरूको फिडब्याक अधिकारीहरूबाट लिए। यसबेला विभिन्न एजेन्सीहरू बचाउ कार्यमा जुटेका छन्।
रेस्क्यू अपरेशनको सफल संचालन अनि फसेका श्रमिकहरूलाई यथाशीघ्र सकुशल बाहिर निकाल्नका लागि घटनास्थलमा उनी स्वयं अधिकारी एवं बचाउ दलको माझमा उपस्थित भएका छन्।
स्मरण गराइन्छ, सिल्कयाराको निर्माणाधिन टनलमा माटो धसिएर 40-जना मजदूरहरू फसेका छन्। एन.एच.आई.डी.सी.एल. अनुसार उत्तराखण्डका 02, हिमाचलका 01, बिहारका 04, पं. बङ्गालका-03, उत्तरप्रदेशका 08, ओडिशाका 05, झारखण्डका-15 औ असमका-02 मजदूर फसेको बताइएको छ।
सिलक्यारा टनलमा फसेका श्रमिकहरूलाई निकाल्नका लागि जारी बचाउ औ राहत कार्य अन्तर्गत माटोलाई हटाउने कार्य निरन्तर जारी छ। माटो हटाउनको लागि हेवी एक्सक्याभेटर मशीनहरू प्रयोग गरिँदैछ। वकी-टकीको माध्यमबाट टनलमा फसेका मजदूरहरूसित सम्पर्क गरिँदैछ। हाल सबै मजदूरहरू सुरक्षित छन्। टनलमा पानी आपूर्तिको लागि बिछ्याइएको पाइपलाइनको माध्यमबाट अक्सीजन आपूर्ति गरिँदैछ। यसै पाइप लाइनको माध्यमबाट राती कम्प्रेसरको माध्यमबाट चाप सृजना गरी मजदूरहरूको निम्ति चनाका प्याकेटहरू पठाइँदैछ। हिजो रातभरि बचाउ कार्य भयो भने अहिले पनि भइरहेको छ।
