नयाँ दिल्ली, 04 नोभेम्बर : प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पको कारणले भएको ज्यान-मालको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, नेपाललाई यथासम्भव सहायत दिन भारत तयार छ।
प्रधानमन्त्री मोदीले अझ भनेका छन्, भारत नेपालका मानिसहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दछ। प्रधानमन्त्रीले शोक सन्तप्त परिवारहरूप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको यथाशीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
