कोलकाता, 30 अक्टोबर (हि.स.)। महानगर कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा अब जाडो बढ्न थालेको छ। मौसम विभागले सोमवार जारी गरेको बयान अनुसार कोलकातामा न्यूनतम तापक्रम 22.7 डिग्री सेल्सियस र अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा एक डिग्री धेर हो।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि मौसम यस्तै रहेको छ। मौसममा परिवर्तनका साथै राज्यभरि भाइरल बिमारीहरू पनि बढ्न थालेका छन्। राज्यका सरकारी अस्पतालहरूमा बिरामीहरूको संख्या बढ्न थालेको छ।
उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइढी, दार्जीलिङ र कालेबुङमा पनि मौसम सामान्य छ। आगामी 15 दिनमा तापक्रम अझ घट्ने छ भने जाडो पनि बढ्ने छ।
हिन्दुस्थान समाचार/भवानी
