हांगझू, 28 अक्टोबर (हि.स.)। भारतीय प्यारा-एथलीटहरूले शनिवार इतिहास रच्दै एशियाली प्यारा खेलहरूमा आफ्नो 100औं पदक जितेका छन्। भारतको निम्ति दिलीप महादु गाविले स्वर्ण पदक जितेर भारतको निम्ति ऐतिहासिक 100औं पदक जिते।
गावितले पुरुषहरूको 400 मिटर टी47 स्पर्धामा स्वर्ण पदक जिते। उनले 49.48 सेकेन्डको उत्कृष्ट समयका साथ स्वर्ण पदक जिते। पहिलोपल्ट भारतीय प्यारा दलले 100 वटा पदक जितेको हो, जसपछि यो अहिलेसम्मकै सबैभन्दा सफल प्यारा एशियाली खेलको अभियन बनेको छ। समाचार लेखुन्जेलसम्म भारतले 26 स्वर्ण, 29 रजत र 45 कांस्य पदक जितेको छ।
यस उपलब्धिको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिॅंदै यो जित सबैको निम्ति प्रेरणा रहेको बताएका छन्। प्रधानमन्त्रीले एक्समा लेखेका छन्द्व एशियाली प्यारा खेलहरूमा 100 पदक! अद्वितीय खुशीको क्षण। यो सफलता हाम्रो एथलीटहरूको प्रतिभा, कडा परिश्रम र दृढ संकल्पको परिणाम हो। यो उल्लेखनीय माइल खुट्टीले हाम्रो छाती गर्वले भरिदिन्छ। म आफ्नो गहिरो सराहना व्यक्त गर्दछु।
हिन्दुस्थान समाचार/बिशाल
