
कोलकाता, 26 अक्टोबर (हि.स.)। कोलकाता पुलिसले यसपाली दुर्गा पूजामा महालयादेखि नवमीसम्म शहरका सडकहरूमा एक लाख 10 हजार 929 वटा वाहनहरूलाई नियम उल्लंघनको आरोपमा समातेर चालान काट्यो। यसमा बाइकको संख्या 50 प्रतिशतभन्दा धेरै छ। यसपछि दोस्रो स्थानमा चार चक्के वाहन रहेको छ।
लालबाजार सूत्रहरू अनुसार, पूजा अवधि सडकमा केही दुर्घटनाहरू पनि भए, तर कुनै अप्रिय घटना भएन। पूजाको समयमा वाहन चालकहरू विरूद्ध यातायात कानुन उल्लंघनको धेरै शिकायत आउने गर्दछ। लापरवाहीपूर्वक गाडी चलाएको, गलत ठाउॅंमा पार्किङ गरेको र बिना हेलमेट गाडी चलाएकोमा कारबाही गरिएको छ। कानुन उल्लंघन गर्नेहरू विरूद्ध जरिमाना पनि लगाइएको छ।
कोलकाता पुलिस अनुसार, महालयादेखि नवमीसम्म सबैभन्दा ठूलो समस्या कार पार्किङलाई लिएर रह्यो। मण्डपदेखि केही किलोमिटर टाडा पार्किङ व्यवस्थाका कारण प्रत्येकपल्ट आगन्तुकहरूलाई समस्या हुने गर्दछ। यी 10 दिनमा नौ पार्किङ जोनमा 40 हजार 584 शिकायत आयो। यसमा बाइक, सानो वाहन, बस तथा सबै प्रकारका वाहन सामेल छन्।
लालबाजारस्थित कोलकाता पुलिस मुख्यालयका एक वरिष्ठ अधिकारीले भने, यसपाली 21 हजार 183 बाइक बिना हेलमेट लगाएको आरोपमा समातियो। द्रुत गतिमा वाहन चलाएको आरोपमा 10 हजार 509 मामिला दर्ता भएको छ। यसमा साना वाहनहरूको संख्या 6 हजार 695 छन्।
हिन्दुस्थान समाचार/भवानी
