गान्तोक, 23 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सोमवार बिहान राजधानीको एमजी मार्ग छेउस्थित ठाकुरबाडी मन्दिरमा आयोजित दुर्गा पूजामा सहभागी बने। मुख्यमन्त्रीले पूजा-अर्चना गरे अनि सिक्किमे जनताको कल्याणको निम्ति प्रार्थना गरे। माता दुर्गाले हामी सबैलाई नराम्रोबाट जोगाएर दिव्यतातिर मार्गदर्शन गरुन् भनी उनले कामना पनि गरेका छन्।
हिन्दुस्थान समाचार/बिशाल
