म्याड्रिड, 02 दिसम्बर (हि.स.)। 22 पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन राफेल नडाल जनवरीमा अस्ट्रेलियामा हुने ब्रिस्बेन इन्टरनेशनल टेनिस टूर्नामेन्टबाट कोर्टमा फर्किने छन्। नडालले शुक्रवार सोशियल मिडियाको माध्यमद्वारा उक्त जानकारी दिएका छन्।
नडालले एउटा भिडियो जारी गरेर भनेका छन्, ‘एक सालसम्म प्रतिस्पर्धा नगरेपछि अब फर्किने समय आएको छ। यो जनवरीको पहिलो हप्तामा ब्रिस्बेनमा हुनेछ। त्यहॉं भेट्ने छौ।’
37 वर्षीय स्पेनिस खेलाडी नडाल गत जनवरीमा अस्ट्रेलियन ओपनको दोस्रो चरणमा घाइते भएको थिए र पराजित भएका थिए। त्यस समयदेखि उनी टेनिस कोर्टबाट बाहिर थिए।
नडालले 2024 मा प्रतिस्पर्धाको निम्ति फर्किने आशा व्यक्त गरेका थिए। उनले एक संवाददाता सम्मेलनमा आगामी वर्ष उनको अन्तिम वर्ष हुन सक्ने बताएका थिए। जूनमा बार्सिलोनामा उनको आर्थोस्कोपिक सर्जरी भएको थियो। 2022 को अन्तसम्म उनले आफ्नो पछिल्लो नौ म्याच मध्ये सात म्याच गुमाएका छन्।
नडाल सर्वाधिक ग्राण्ड स्ल्याम एकल उपाधि जित्ने मामिलामा दोस्रो स्थानमा छन्। उनको नाममा 22 वटा ग्राण्ड स्ल्याम एकल उपाधि छ। पहिलो नम्बरमा नोवाक जोकोविच छन्, जसको नाममा 24 ग्राण्ड स्ल्याम एकल उपाधि छ।
हिन्दुस्थान समाचार/बिशाल
