• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Sports > क्रिकेटले सधैं केही न केही सिकाउँछ, आफ्ना कमजोरी स्वीकार गर्नु आवश्यक छ: शेफाली वर्मा
Sports

क्रिकेटले सधैं केही न केही सिकाउँछ, आफ्ना कमजोरी स्वीकार गर्नु आवश्यक छ: शेफाली वर्मा

CliQ INDIA
Last updated: December 24, 2025 1:21 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

विशाखापट्टनम, 24 दिसम्बर (हि.स.)। भारतीय महिला क्रिकेट टोलीकी ओपनर ब्याट्सवुमन शेफाली वर्माले क्रिकेट निरन्तर सिकाइरहने खेल रहेको बताउँदै राम्रो खेलाडी बन्न आफ्ना कमजोरी स्वीकार गर्नु अत्यन्तै आवश्यक रहेको बताएकी छन्।

मंगलबार विशाखापट्टनममा सम्पन्न दोस्रो टी–२० अन्तरराष्ट्रिय खेलमा श्रीलङ्काविरुद्ध भारतलाई सात विकेटको जित दिलाएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

यस खेलमा शेफाली वर्माले ३४ बलमा ६९ रनको शानदार पारी खेलिन्, जसका लागि उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। खेलपछि उनले आफ्नो खेलमा आएको सुधार र आत्मविश्वासको पुनरागमनबारे चर्चा गर्दै ब्याटिङका कमजोरी बुझेर त्यसमा काम गर्नु आफूका लागि महत्वपूर्ण रहेको बताइन्।

शेफालीले भनिन्, “क्रिकेटले सधैं केही न केही सिकाउँछ। आफ्ना कमजोरी स्वीकार गर्नु धेरै आवश्यक हुन्छ, तब मात्र सुधार सम्भव हुन्छ। शुरुवातमा बल अलि रोकिएर आइरहेको थियो, त्यसैले म ग्राउन्डमा खेल्दै सिंगल लिन प्रयास गरिरहेँ। शुरुका ओभरमा बलरहरूले राम्रो बलिङ गरे, तर पछि परिस्थिति हाम्रो पक्षमा आयो।”

उनले मुख्य प्रशिक्षक अमोल मजुमदारप्रति आभार व्यक्त गर्दै कठिन परिस्थितिमा कसरी ब्याटिङ गर्ने भन्ने विषयमा विशेष मार्गदर्शन पाएको पनि बताइन्।

शेफालीले थपिन्, “कोचले शुरुमा जमिनमा खेल्न र अवसर मिलेपछि मात्र हावामा सट खेल्न सल्लाह दिनुभएको थियो। म शान्त रहेँ, जमिनमै खेलिरहेँ र बल ठीकसँग आउन थालेपछि रन बनाउँदै गएँ। मलाई विश्वास छ कि यदि म जमिनमा खेलिरहेॅं भने रन अवश्य आउँछ।”

उल्लेखनीय छ, शेफाली घाइते प्रतीका रावलको स्थानमा एकदिवसीय विश्वकपको सेमिफाइनल र फाइनलमा टोलीमा फर्किएकी थिइन्। फाइनल खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध अर्धशतकका साथै दुई विकेट पनि लिएकी थिइन्।

यसअघि खेलमा भारतले टस जितेर पहिले बलिङ रोजेको थियो। श्रीलङ्काकी कप्तान चमारी अटापट्टुले पावरप्लेमा आक्रामक शुरुवात गर्दै भारतीय बलरहरूमाथि दबाउ सिर्जना गरेकी थिइन्। तर, स्नेह राणाको आगमनपछि खेलको दिशा परिवर्तन भयो। अस्वस्थ दीप्ति शर्माको स्थानमा खेल्दै राणाले चार ओभरमा मात्र ११ रन खर्चेर अटापट्टुको विकेट लिइन् र श्रीलङ्काको रनगति रोकिदिइन्।

अटापट्टु आउट भएपछि श्रीलङ्काको पारी कमजोर बन्दै गयो। हर्षिता समरविक्रमाले संघर्ष गरिन्, तर अर्कोतर्फबाट पर्याप्त साथ पाइनन्। भारतीय स्पिनरहरूले निरन्तर दबाउ बनाए। वैष्णवी शर्माले महत्वपूर्ण विकेट लिइन् भने श्री चरणीले दुई ब्याट्सवुमनलाई पवेलियन फर्काइन्। तीन रनआउट पनि श्रीलङ्काका लागि घातक सावित भए र सम्पूर्ण टोली सामान्य स्कोरमै सीमित रह्यो।

लक्ष्य पछ्याउने क्रममा भारतले शुरुवातमै स्मृति मन्धानालाई १६ रनमा गुमायो। त्यसपछि शेफाली वर्माले पारी सम्हालिन्। उनले स्पिन र तीव्र दुवै प्रकारका बलरहरूमाथि आक्रामक ब्याटिङ गर्दै रन बटुलिन्। इनोका रणवीरा र शशिनी गिम्हानी उनको आक्रामक ब्याटिङको शिकार बनिन् भने चमारी अटापट्टुको एक ओभरमा शेफालीले ४, ६ र ४ प्रहार गरिन्। अर्कोतर्फ जेमिमा रोड्रिग्सले पनि छिटो रन जोड्दै राम्रो साथ दिइन्, जसका कारण भारतले १२औँ ओभरमै जित हासिल गर्‍यो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

गुजरात टाइटन्सले पञ्जाब किङ्ग्स विरुद्ध चार विकेटको रोमाञ्चक जित हासिल गर्यो, होल्डर, सुधर्सन र सुन्दरले दबाबमा प्रदर्शन गरे
क्रुनाल पांड्याको नायकत्वले आरसीबीलाई मुम्बई इन्डियन्स विरुद्ध अन्तिम बलमा जित दिलायो
भुक्तानी विवादले बंगलादेशमा IPL 2026 प्रसारण निलम्बित: JioStar ले सम्झौता रद्द गर्यो भुक्तानी विवादका कारण JioStar ले सम्झौता रद्द गरेपछि बंगलादेशमा IPL 2026 को प्रसारण निलम्बित भएको छ।
राजस्थान रोयल्सलाई ठूलो झट्का: साम करनले आईपीएल २०२६ सिजन गुमाउने सम्भावना
अभिनव बिन्द्रालाई २०२६ शीतकालीन ओलम्पिकको मशालवाहकका रूपमा चयन गरियो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबीनले पटनाको काली मन्दिरमा पूजा–अर्चना गरे
Next Article इसरोको ठूलो उड़ान, सञ्चार उपग्रहको सफल लन्चिङ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?