कोकराझार, 01 नोभेम्बर : कोकराझार जिल्लाको श्रीरामपुरदेखि मेघालयको फुलबाड़ीसम्म फोर लेन सड़क विस्तारको निम्ति प्रशासनले सड़कका दुवैतिर आवश्यक भूमिको अधिग्रहण गरी जमीन र दोकानेहरलाई क्षतिपूर्ति दिने र समयमा स्थानहरूलाई मुक्त गराउने नोटिस जारी गरेको थियो। नोटिस पाइएपनि जसले जमीन खाली गरेका थिएनन्, उनीहरूलाई हटाउन आज महकुमा प्रशासनले पुलिस, सीआरपीएफ बलहरूको साथ मिलेर श्रीरामपुरमा जेसीबीको माध्यमले अतिक्रमण हटाउने अभियान चलायो।
यसबीच केहीले आफ्नो घरलाई आफै भत्काएर खाली गरेको कारण उनीहरूलाई नोकसान कम भएको छ। अतिक्रमण हटाउने अभियानले व्यापारीहरूमा हाहाकार मचेको छ।
