कोलकाता, 20 दिसम्बर (हि.स.) आयकर विभागले मुर्शिदाबाद जिल्लाको सागरदिघीबाट विधायक बायरन विश्वासको घऱमा छापा मारेको छ। बुधवार बिहान आय़कर विभागका अधिकारीहरूले विधायकको शमसेरगंजस्थित घरमा रेड गरे। आयकर विभागले कर चोरीको आरोपमा केन्रिायय बलहरूको साथ बायरनको घरमा छापा मारेको छ। उनको घरलाई केन्द्रिय अर्धसैनिक बलहरूका जवानहरूले चारैतिरबाट घेरेर राखेका छन्।
मुर्शिदाबाद र बीरभूमका धेरै ठेगानाहरूमा इनकम ट्याक्सको यो छापामारी चलिरहेछ। विधायकमाथि उनले लामो समयदेखि ट्याक्स चोरी गरिरहेको आरोप छ। यसैले इनकम ट्याक्स अधिकारीहरूले उनको घऱमा छापा मारे।
सागरदिघीका पूर्व विधायक एवं राज्य मन्त्री सुब्रत साहाको गत साल दिसम्बरको अन्तिम हप्ता निधन भएको थियो। यसपछि सागरदिघी उपचुनाउ यस साल 28 फरवरीमा भएको थियो। जब 02 मार्चमा उपचुनाउको नतिजा जारी भयो तब वाम समर्थित कांग्रेस उम्मेदवार बायरनले तृणमूल उम्मेदवार देबाशीष ब्यानर्जीलाई 22 हजार 980 भोटले हराएका थिए। तर जूनमा जब अभिषेक ब्यानर्जीको जनसम्पर्क यात्रा घटाल पुग्यो तब उनले त्यहाँ गएर तृणमूल कांग्रेसको सदस्यता लिए।
हिन्दुस्थान समाचार/भवानी
