
रांची, 29 अक्टोबर (हि.स.)। रांचीको बेडो थाना क्षेत्र अन्तर्गत टांड बजार छेउ शनिवार राति एक महिलाको ढुङ्गाले हिर्काएर हत्या गरिएको छ। महिलाको नाम पूनम उरांव बताइएको छ। उनी मजदूरीको काम गर्थिन्। सूचना पाएर पुलिस घटनास्थल पुग्यो र शव पोस्टमार्टमको निम्ति पठायो।
परिजनहरूले पुलिसलाई भने, पूनम उरांव र छोराबिच जमिनको क्षतिपूर्तिलाई लिएर विवाद चलिरहेको थियो। उनी मूलरूपमा बेडोको बिनय बगीचा निवासी थिइन्। हाल उनी विद्युत सबस्टेशनमुनि किरायको घरमा बस्दै थिइन्।
हिन्दुस्थान समाचार/भवानी
