जलपाइगढ़ी, 27 नोभेम्बर (हि.स.)। उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले बिहीवार राजगञ्ज ब्लकमा तृणमूल कंग्रेसद्वारा संचालित विशेष गहन पुनरीक्षण (एसआइआर) सहायता शिविरको दौड़ाह गरे। यस दिन मन्त्रीले शिविरमा काम गर्ने ढंग र क्षेत्रका समस्याहरूमाथि विस्तार पूर्वक चर्चा गरे। मन्त्रीले पार्टीका बूथ लेभल एजेन्ट (बीएलए)-सित पनि कुराकानी गरे। मन्त्रीले भिन्न क्षेत्रहरूमा भइरहेका समस्या तथा सिकायतहरूलाई बीएलएको माध्यमबाट ध्यान पूर्वक सुने। उनले शिविरमा उपस्थित कर्मीहरूसित सही ढंगमा काम गर्ने सन्देश पनि दिए। यस अवसरमा मन्त्री उदयन गुहासित राजगञ्जका विधायक खगेश्वर राय, जलपाईगुड़ी जिल्ला तृणमूल कंग्रेस अध्यक्ष महुआ गोप, राजगञ्ज ब्लक तृणमूल कंग्रेस अध्यक्ष अरिन्दम ब्यनर्जी र पार्टीका अन्य नेताहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
