मुम्बई, 16 जनवरी (हि.स.)। बलीवुडको टप अभिनेत्रीहरू मध्ये एक ऐश्वर्या राय धन-सम्पत्तिको मामिलामा पनि टपमा आएकी छन्। ऐश्वर्या बच्चनले सम्पत्तिको मामिलामा प्रियंका चोपड़ा, अनुष्का शर्मा, करीना कपूर, माधुरी दीक्षितलाई पनि पछि छोडेकी छन्।
भारतको टप 10 सबैभन्दा धनी अभिनेत्रीहरूको लिस्ट प्रकाशमा आएको छ। यस मामिलामा ऐश्वर्या सबैभन्दा अघि छन्। नयनतारा यो लिस्टमा 10औं स्थानमा छन्। नयनतारा 100 करोड़ की माल्किन हुन्।
बलीवुडकी सबैभन्दा धनी अभिनेत्री ऐश्वर्या राय बच्चनको कुल सम्पत्ति 800 करोड़ रूपियॉं छ। यस बिच ऐश्वर्या र अभिषेकको ब्रेकअप भएको अफवाह पनि थियो। उनीहरूले छुटिने निर्णय लिएको पनि अफवाह थियो, तर यस बिच उनीहरू दुवै जनालाई एउटा पार्टीमा देखियो। यसपछि, सबै अफवाहरूमा विराम लागेको छ।
हिन्दुस्थान समाचार/भवानी
