नयाँ दिल्ली, 07 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले सिक्किमबाट राज्यसभा उम्मेदवारको रूपमा दोर्जी छिरिङ्ग लेप्चाको नाम घोषणा गरेको छ। पहिला सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)- का सदस्य रहेका लेप्चा पछि भाजपामा सामेल भएका थिए। उनी वर्ष 2014 देखि 2019- सम्म पवन चामलिङ सरकारमा लोक निर्माण (भवन एवं आवास) औ परिवहन मन्त्री थिए। लेप्चा वर्ष 2014 – 2019 मा नाथाङ्ग माचोङ्ग निर्वाचन क्षेत्रबाट सिक्किम विधानसभाको लागि चुनिएका थिए।
हिन्दुस्थान समाचार/उष्णता
