
कोलकाता, 16 दिसम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा लगातार सर्दी बढ़िरहेछ। यस हप्ता तापक्रममा ह्रास लगातार जारी छ। शनिवार मौसमको सबैभन्दा चिसो दिन रह्यो। मौसम विभागको तर्फबाट दिइएको जानकारी अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम 14.4 डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा दुई डिग्री कम छ। यस मौसममा तापक्रम पहिलो पल्ट लगभग 14 डिग्री सेल्सियस पुगेको छ। अधिकतम तापक्रम पनि सामान्यभन्दा तीन डिग्री तल झरेर केवल 24.6 डिग्री सेल्सियस पुगेको छ। यसले गर्दा सर्दी बढ़ेको छ।
कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा पनि तापक्रममा ह्रास दर्ता गरिएको छ, जसले गर्दा सर्दी बढ़ेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पनि तापक्रम सामान्यभन्दा तीनदेखि चार डिग्री सेल्सियस तल झरेको छ, जसले गर्दा त्यहाँ कठ्याङ्ग्रिने जाड़ो परिरहेछ। साझँ पर्नसाथ कुइरो लागिरहेछ, जसले गर्दा दृश्यता कम भएको छ। वाहन चालकहरूलाई सावधानीपूर्ण वाहन हाक्ने सुझाउ दिइएको छ।
हिन्दुस्थान समाचार/भवानी
